बस दुर्घटनामा एक महिलाको मृत्यु, तीनजना घाइते

बस दुर्घटनामा एक महिलाको मृत्यु, तीनजना घाइते

bus accc

काभ्रेको बेथानचोक गाउँपालिका–६ चिहानडाडा नजिक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

पनौती बसपार्कबाट बेथानचोक –६ मेदाम्चुतर्फ जाँदै गरेको बा ३ ख ४४३५ नं. को बस चिप्लिएर सडकबाट अन्दाजी ३०/३५ मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी ढुङखर्क, प्रहरी चौकी खोपासी र प्रहरी चौकी पनौती, इलाका प्रहरी कार्यालय बनेपाबाट गएको प्रहरी टोलीले उद्धार गरेको थियो।

दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका–९ बस्ने अन्दाजी वर्ष ६५ की कृष्णमाया तिमल्सिनाको घटनास्थलमै ज्यान गएको थियो। दुर्घटनामा तीन जना घाइते भएका प्रहरीले जनाएको छ।

यी हुन् घाइते

१) बस चालक काभ्रे बेथानचोक गाउँपालिका ६ बस्ने अन्दाजी वर्ष ४१ को राम प्रसाद ढुङगाना– हात र खुट्टामा चोट रहेको, उपचारको लागि शिर मेमोरियल अस्पताल बेनपा पठाएको।

२) काभ्रेकै बनेपा नगरपालिका ९ बस्ने वर्ष ३२ की संगीता आचार्य– दाहिने खुट्टामा सामान्य चोट रहेको, पाँगु भुगदेउ स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल रिफर।

३) निजकै छोरी वर्ष १ की सरगम तिमल्सिना–टाउको बायाँतर्फ सामान्य चोट रहेको, थप उपचारको लागि धुलिखेल अस्पताल रिफर।

सकुशल रहेका

१) सहचालक काभ्रे बेथानचोक–६ बस्ने वर्ष २७ को चेत बहादुर लामा।

२) काभ्रे बेथानचोक–६ बस्ने अन्दाजी वर्ष १८ की अञ्जना बोलाखे (घर गइ सकेको)।

३) सोही स्थानकी अन्दाजी वर्ष १८ कि कोपिला तिमल्सिना (घर गइ सकेको)।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ