काठमाडौं । छत्रेबाँझ गाविस—५, दाप्चा, काभ्रेका अर्जुन लामाको अपहरण गरी हत्या भएको दुई दशक नाघ्यो । श्रीमानको हत्यारामाथि अनुसन्धान गर्न माग गर्दै पूर्णिमाया जिल्ला प्रहरी कार्यालय धाइन् । प्रहरीले उजुरी दर्ता गर्नै आनाकानी गरेपछि न्याय खोज्दै सर्वोच्च अदालतको दैलोमा पुगिन् ।
सर्वोच्चले उजुरी दर्ता गर्न आदेश त दियो तर, प्रहरी अनुसन्धान अघि बढेन । हत्या अभियोगमा किटानी जाहेरी परेका र प्रहरी अभिलेखमा फरार देखिएका अग्नि सापकोटा विरुद्धको मुद्दालाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले २०६९ साउन ११ गते तामेलीमा राख्ने निर्णय ग¥यो । मन्त्रिपरिषद्को निर्णयविरुद्ध पूर्णिमायाले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिन् । यही मुद्दामा अन्ततः सर्वोच्च अदालतले लामाको हत्या अनुसन्धान अघि बढाउने बाटो बुधबार खोलिदिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ । २०६९ मंसिर ७ गते दायर रिट निवेदन दिएको झन्डै १२ वर्षपछि न्यायको अनुभूति गरेको पीडित पूर्णिमायाले बताइन् ।
अपहरण पछिको हत्या
२०६२ वैशाख १६ गते काभ्रेका अर्जुन लामालाई तत्कालीन विद्रोही नेकपा माओवादीको समूहले अपहरण गरेको थियो । लामा अर्जुन काभ्रे छत्रेबाँझमा रहेको श्रीकृष्ण माविको व्यवस्थापन समितिको अध्यक्ष थिए । समितिको अध्यक्षमा निर्वाचित भएकै दिन विद्यालयबाट अपहरण गरिएको थियो । अपहरण भएको दुई महिनापछि लामाको शव काभ्रेकै साविक बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो ।
श्रीमान्को हत्यापछि पूर्णिमायाले २०६५ साउन २६ गते माओवादीका उपाध्यक्ष सापकोटा, माओवादीका सांसद सूर्यमान दोङलगायत ६ जनाविरुद्ध काभ्रे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेकी थिइन् । सुुरुमा जाहेरी दर्ता नगरेको प्रहरीले सर्वोच्चको आदेशपछि मात्र दर्ता गरेको थियो । त्यसपछि सापकोटा लगायतका आरोपीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो । यो घटनाका बेला सापकोटा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को पोलिटब्युरो सदस्य थिए । २०६९ साउन १२ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरी दरखास्त ‘तामेली’मा राख्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको ‘तामेली’मा राख्ने निर्णयविरुद्ध पूर्णिमायाले सर्वोच्चमा २०६९ मंसिर ७ मा रिट निवेदन दायर गरेकी थिइन् ।
तत्कालीन न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले सरकारसँग जाहेरी तामेलीमा राख्नुको कारण माग्दै अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले मिसिल झिकाउने आदेश गरेको थियो । २०६८ जेठ २१ मा प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा सापकोटा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त भएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सापकोटा वन तथा भू संरक्षणमन्त्री भएका थिए । मुद्दा विचाराधीन रहेकै अवस्थामा सापकोटामन्त्री भएपछि वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले २०७२ चैत २६ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । प्याकुरेलले ज्यान मुद्दाका अभियुक्त सापकोटालाई मन्त्री बनाएकोमा आपत्ति जनाउँदै मुद्दा चलाउनु पर्ने माग प्याकुरेलले गरेका थिए । सर्वोच्चले प्याकुरेलले दायर गरेको रिट निवेदन भने खारेज गरेको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान