नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। यो मुद्दा पतञ्जलि जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित छ।
आजै बिहान बारा पुगेका अध्यक्ष नेपालले अहिलेको सरकारलाई हटाउला भन्ने कल्पना कसैलाई नगर्न टिप्पणी गर्दै भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सुझाव दिएका थिए ।
सिमरा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी उनले भने, ‘यो सरकारले बुद्धि पुर्याओस्, देशको विकासको काममा ध्यान केन्द्रित गरोस्, भ्रष्टाचारलाई नियन्त्रण गरोस्, सुशासनको प्रत्याभूति गरोस् दूरगामी महत्वका परियोजनाहरूमा ध्यान दिओस् । देशको अर्थतन्त्रको आधार भनेको कृषि नै हो, त्यसैले कृषिजन्य तथा खानीजन्य उद्योगहरू, जलविद्युत्मा आकर्षित गरौँ ।’
नेपालले धेरै नेताहरूले सत्ताको लाभ मात्रै लिन थालेकोले जनतामा विकल्पको चाहना देखिएको टिप्पणी पनि गरे । उनले गृहमन्त्रीको राजीनामाको विषयमा संसद्मा कुरा उठ्ने बित्तिकै राजीनामा दिनुपर्ने भए झन्डै १२ वटा मन्त्रालयको विषयमा कुरा उठेकोले सबै मन्त्रीले राजीनामा दिनुपर्ने स्थिति आउन सक्ने बताएका थिए ।
राजवादीहरूको आन्दोलनलाई लिएर अध्यक्ष नेपालले एउटा वंशको दास बन्ने कुरालाई स्विकार्ने नसकिने टिप्पणी गरेका छन् । ‘राजपरिवारका सदस्य अर्थतन्त्रमा महारथी भए राजनीतिमा आउनु अर्थशास्त्री बनाइदिउँला, परिआयो भने अर्थमन्त्री पनि बनाइदिउँला कुनै ठुलो कुरा भएन,’ अध्यक्ष नेपालले भने, ‘तर राजा बन्ने कल्पना नगरे हुन्छ, हामी आफ्नो टाउकामा अर्को बज्र प्रहार हुने र एउटा वंशको दास बन्ने कुरालाई स्विकार्ने पक्षमा छैनौँ ।’
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा