काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै भ्रष्टाचार मुद्दा लागेका तत्कालीन सरकारका कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहविरुद्ध साढे १८ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।
उनी २०७८ मा एमाले प्रवेश गरेका थिए । राजनीतिक प्रतिशोध साँधेर प्रधानमन्त्री केपी ओलीले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध मुद्धा दर्ता गर्न निर्देशन दिएको आरोप लागिरहँदा एमालेकै नेता पनि परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको हो ।
यस्तै तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठको मृत्यु भइसकेकाले प्रचलित कानुनबमोजिम उनका छोरा सन्तोष श्रेष्ठलाई बिगो असुल उपर गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
उनीविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोकको नासिकास्थान साँगामा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा खरिद गरेर बढी मूल्यमा बेचबिखन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।
माधव नेपाल प्रधानमन्त्री हुँदा कानुनमन्त्री रहेका समाजवादी जनता पार्टीका अध्यक्ष सिंह २०७८ चैत ८ गते एमालेमा प्रवेश गरेका थिए । उनी अध्यक्ष रहेको समाजवादी जनता पार्टीका सबै जनसंगठन पनि एमालेमा समाहित भएका थिए ।
उनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए । त्यसबेला खारेज भइसकेको सिंहको पार्टीलाई मन्त्रालयको दिँदा विवाद भएको थियो ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’