काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै भ्रष्टाचार मुद्दा लागेका तत्कालीन सरकारका कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहविरुद्ध साढे १८ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।
उनी २०७८ मा एमाले प्रवेश गरेका थिए । राजनीतिक प्रतिशोध साँधेर प्रधानमन्त्री केपी ओलीले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध मुद्धा दर्ता गर्न निर्देशन दिएको आरोप लागिरहँदा एमालेकै नेता पनि परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको हो ।
यस्तै तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठको मृत्यु भइसकेकाले प्रचलित कानुनबमोजिम उनका छोरा सन्तोष श्रेष्ठलाई बिगो असुल उपर गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
उनीविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोकको नासिकास्थान साँगामा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा खरिद गरेर बढी मूल्यमा बेचबिखन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।
माधव नेपाल प्रधानमन्त्री हुँदा कानुनमन्त्री रहेका समाजवादी जनता पार्टीका अध्यक्ष सिंह २०७८ चैत ८ गते एमालेमा प्रवेश गरेका थिए । उनी अध्यक्ष रहेको समाजवादी जनता पार्टीका सबै जनसंगठन पनि एमालेमा समाहित भएका थिए ।
उनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए । त्यसबेला खारेज भइसकेको सिंहको पार्टीलाई मन्त्रालयको दिँदा विवाद भएको थियो ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा