पोखरा । पोखरामा भएको एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पियनसीपको उपाधि पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले जितेको छ।
पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा आईतबार भएको उपाधि भिडन्तमा प्रतिभा माविले सिर्जना माविलाई ८ विकेटले पराजित गर्दै उपाधि चुमेको हो।
टस जितेर प्रतिभाले फिल्डिङ रोजेपछि पहिलो व्याटिङमा उत्रिएको सिर्जना माविले १४/४ ओभरमा १० विकेटको क्षतीमा ६० रन बनाएको थियो। प्रतिभा माविका बलरसामु सिर्जनाका व्याटर निरीह देखिएका थिए।
शुरुदेखि नै दवाबमा खेलेको सिर्जनाका व्याटरमध्ये अभय विक बाहेकले सम्हालिएर खेल्नै सकेनन्। अभय विकले १८ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
प्रतिभाका बलरहरुले सिर्जनाका ब्याटरहरुको व्याटिङ अर्डर ध्वस्त पारेका थिए। प्रतिभाका सरोज पौडेलले ४ तथा रेमिट शर्माले ३ विकेट लिएका थिए। ६१ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको प्रतिभा माविले केवल ५/१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
प्रतिभा माविका लागि सफल श्रेष्ठ एक्लैले ३९ रन बनाएपछि सहजै जित निस्केको थियो। पोखरा महानगरपालिका क्रिकेट संघले आयोजना गरेको यो प्रतियोगितामा पोखराभित्रका १२ वटा विद्यालय सहभागि थिए।
सम्बन्धित खबर
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
बालेन्द्र शाहको तारिफ गर्दै सुनिताले भनिन्: पूर्वमेयर प्रधानमन्त्री हुँदा महानगरको प्रतिष्ठा बढ्यो
निर्वाचनमा बेहोरेको पराजयपछि समीक्षामा एमाले, पुनर्गठनको तयारी
सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?