जापान । कुमामोतो नेपाली समाज, जापानको अध्यक्षमा रोशन भट्टराई चयन भएका छन् ।
कुमामोतोको ईशान रेस्टुरेन्टमा सम्पन्न संस्थाको चौथो अधिवेशनले भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
उपाध्यक्षमा बद्री सापकोटा, महिला उपाध्यक्षमा रूपा नेपाली, सचिवमा सुजन कटुवाल, सहसचिवमा कपिल तिमिल्सिना र विक्रम वि.के., कोषाध्यक्षमा सन्तोष अधिकारी, सह-कोषाध्यक्षमा कैलाश बुढाथोकी र युवा संयोजकमा मदन गुरुङ चयन भएका छन् ।
सदस्यहरूमा प्रकाश शर्मा, कृष्ण पङ्गेनी, गोपाल बस्नेत, गौरव सुनार, कल्पना अधिकारी, विनीता रिमाल, पेम्बा लामा शेर्पा, सुन्दर रानाभाट, मदन पौडेल, दीपेन्द्र थापा, सरोज अधिकारी, विजय कुमार साह, प्रकाश अधिकारी, र सुदीप आचार्य रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनएका आइसिसी सदस्य छत्र दाहालले नेपाली संस्कृति र परम्पराको माध्यमबाट विदेशमा नेपाल चिनाउँदै, नेपालीहरूका दुःखसुखमा सँगै रहने संस्कारले समाज छोटो अवधिमै लोकप्रिय बन्न सफल भएको बताए।
“विगतका दिनमा प्रवासमा समाज तथा सङ्गठन निर्माण गर्न धेरै सङ्घर्ष गर्नुपर्थ्यो। आज यति ठुलो सहभागिता सहित कार्यक्रम सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि हो। यसलाई अझ व्यवस्थित र मर्यादित बनाउन, समाजको वृद्धिका लागि संस्थागत तथा व्यक्तिगत रूपमा सधैँ सहयोग गर्न तत्पर छौँ,” उनले भने।
एनआरएनए क्यूसु उपसंयोजक श्रीकृष्ण पाठकले, समाजसँगको सहकार्यमा एनआरएनए क्यूसुले विगतमा पनि महत्त्वपूर्ण कार्यक्रमहरू गर्दै आएको स्मरण गराउँदै, नयाँ कार्यसमितिले सामाजिक सम्बन्ध र सहकार्यको नीति अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
अन्य वक्ताहरूले यो समाज नाफामुखी नभई सेवामुखी भएको उल्लेख गरे। उनीहरूले विगतका कमी–कमजोरी सुधार्दै, भविष्यमा अझ ज्ञान र अनुभवका साथ समाजलाई नयाँ ढङ्गले अगाडि बढ्न सकोस् भन्ने शुभकामना व्यक्त गरे।
नयाँ कार्यसमिति चयनका लागि समाजका सल्लाहकार सुरेन्द्र डङ्गोलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिमा कुमामोतो नेपाली समाजका संस्थापक संरक्षक डा. हरि देवकोटा र पूर्वअध्यक्ष पवन अधिकारी सदस्य रहेका थिए।
कुमामोतो नेपाली समाज, जापानले यहाँ आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। साथै, अध्ययन र रोजगारीका लागि जापान आउने नेपालीहरूको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’