पोखरा । अधिकृत बिक्रेता संघका सदस्यसहित दुई सय ४५ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र युरिक एसिड जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार शिविर भएको हो ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, युरिक एसिड, टिजी लगायतका समस्याबारे प्रकाश पारे । उनले समाजमा चलेका भ्रमको पछि नलाग्न अनुरोध गर्दै बेला बेलामा स्वास्थ्य परीक्षण गर्न र चिकित्सकको सल्लाहअनुसार खानपान, जीवनयापन र औषधोपचार गर्न आग्रह गरे ।
‘सुगरले हानि पुर्याउन पाँच वर्ष लाग्छ, औषधी नखाई नियन्त्रण गर्छु भन्ने ठान्नुभो भने जीवन नै जोखिममा पर्न सक्छ,’ उनले भने, ‘बेला बेलामा जाँच गरी उचित उपचार गरे, खानपान र जीवनशैली सुधारे दीर्घ जीवन बाच्न सकिन्छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले असाध्य पीडा भएपछि मात्र जाँच गराउने, स्वास्थ्य संस्था जाने परिपाटी छाड्न आग्रह गरे । उनले बेला बेलामा स्वास्थ्य जाँच गर्न आग्रह गर्दै अधिकृत बिक्रेता संघ, युआरएल जस्तै गरी अरु संस्थाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
अधिकृत बिक्रेता संघ पोखरा अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा कार्यक्रम संयोजक विजेन्द्र शर्मा पौडेल, सचिव दिलीपकुमार श्रेष्ठ लगायतले बोलेका थिए । युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँगको सहकार्यक्रमा दुई सय वटा निशुल्क शिविर गरिसकेको छ । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थ सर्वसाधारणसम्म स्वास्थ्य सचेतनासँगै गुणस्तरीय सेवा पुर्याउन शिविरहरु आयोजना गर्दै आएको बताउँछन् ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ