पोखरा । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । शनिवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको हो ।
अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा उपाध्यक्षद्वय कल्पना पौडेल र निर्मल सापकोटा, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष गीता तिवारी र उपसचिव नारायण बास्तोलासँगै सदस्यहरू बाबुराम सुवेदी, सुरज उपाध्याय र विनोदकुमार विक रहेको सचिवालय गठन गरिएको हो । बैठकले जनकलाल तिवारी, सुरज उपाध्याय र कुमार तामाङलाई सदस्य मनोनयसमेत गरेको छ ।
सङ्घका सल्लाहकारका रूपमा रघुनाथ अधिकारी, रामराज रेग्मी, झलकपाणि तिवारी, नारायण परिश्रमी, पद्मराज ढकाल, यादवराज उपाध्याय, लोकबहादुर थापा, डा. कृष्णराज अधिकारी, शेषमणि आचार्य र ध्रुवलाल शर्मालाई अध्यक्ष यदुनन्दन उपाध्यायले पत्र हस्तान्तरण गरेका थिए ।
बैठकमा प्रलेसका जिल्ला अध्यक्षहरू अनन्त अर्याल (स्याङ्जा), आनन्द रिमाल (पर्वत), छवि सुवेदी ‘विजयी’ (कास्की) तनहुँका उपाध्यक्ष युवराज पौडेलले जिल्लागत रिपोर्टिङ गरेका थिए । सोही अवसरमा केन्द्रीय सदस्यद्वय भीम रानाभाट र देव गजमेर तथा केन्द्रीय पार्षद् आकाश अधिकारीले केन्द्रीय समितिको बैठकका निर्णयहरूको जानकारी गराएका थिए ।
यसै बिच बैठकले गण्डकी प्रदेशका विभिन्न जिल्लाका गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न व्यक्तिलाई जिल्ला इन्चार्ज तोकिएको छ । प्रदेश उपाध्यक्ष तथा केन्द्रीय सदस्य निर्मल सापकोटलाई कास्की र बागलुङ, केन्द्रीय सदस्य भीम रानाभाटलाई मुस्ताङ र म्याग्दी, केन्द्रीय सदस्य देव गजमेरलाई लमजुङ र नवलपुर, केन्द्रीय पार्षद् आकाश अधिकारीलाई मनाङ र गोरखा, जुना खड्कालाई तनहुँ तथा शम्भु अर्याललाई पर्वत र स्याङ्जा इन्चार्जको जिम्मेवारी तोकिएको जनाइएको छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो