पोखरा । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । शनिवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको हो ।
अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा उपाध्यक्षद्वय कल्पना पौडेल र निर्मल सापकोटा, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष गीता तिवारी र उपसचिव नारायण बास्तोलासँगै सदस्यहरू बाबुराम सुवेदी, सुरज उपाध्याय र विनोदकुमार विक रहेको सचिवालय गठन गरिएको हो । बैठकले जनकलाल तिवारी, सुरज उपाध्याय र कुमार तामाङलाई सदस्य मनोनयसमेत गरेको छ ।
सङ्घका सल्लाहकारका रूपमा रघुनाथ अधिकारी, रामराज रेग्मी, झलकपाणि तिवारी, नारायण परिश्रमी, पद्मराज ढकाल, यादवराज उपाध्याय, लोकबहादुर थापा, डा. कृष्णराज अधिकारी, शेषमणि आचार्य र ध्रुवलाल शर्मालाई अध्यक्ष यदुनन्दन उपाध्यायले पत्र हस्तान्तरण गरेका थिए ।
बैठकमा प्रलेसका जिल्ला अध्यक्षहरू अनन्त अर्याल (स्याङ्जा), आनन्द रिमाल (पर्वत), छवि सुवेदी ‘विजयी’ (कास्की) तनहुँका उपाध्यक्ष युवराज पौडेलले जिल्लागत रिपोर्टिङ गरेका थिए । सोही अवसरमा केन्द्रीय सदस्यद्वय भीम रानाभाट र देव गजमेर तथा केन्द्रीय पार्षद् आकाश अधिकारीले केन्द्रीय समितिको बैठकका निर्णयहरूको जानकारी गराएका थिए ।
यसै बिच बैठकले गण्डकी प्रदेशका विभिन्न जिल्लाका गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न व्यक्तिलाई जिल्ला इन्चार्ज तोकिएको छ । प्रदेश उपाध्यक्ष तथा केन्द्रीय सदस्य निर्मल सापकोटलाई कास्की र बागलुङ, केन्द्रीय सदस्य भीम रानाभाटलाई मुस्ताङ र म्याग्दी, केन्द्रीय सदस्य देव गजमेरलाई लमजुङ र नवलपुर, केन्द्रीय पार्षद् आकाश अधिकारीलाई मनाङ र गोरखा, जुना खड्कालाई तनहुँ तथा शम्भु अर्याललाई पर्वत र स्याङ्जा इन्चार्जको जिम्मेवारी तोकिएको जनाइएको छ ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन