पोखरा । प्रकृतिको पूजा गरेर मनाइने मगर समुदायको भूम्या पर्व (भूमे पूजा) पोखरामा निकै हर्षोल्लासका मनाइएको छ ।
विशेष गरी अठार मगरात क्षेत्रमा बसोबास गर्ने खाम भाषीका मगर समुदायले मनाउने यो पर्व गत वर्षदेखि पोखरामा पनि मनाउन थालिएको हो ।
असार १ गते भूमि पूजाको अति उत्तम साइत मानिन्छ। यो पर्व एक सातासम्म मनाउने प्रचलन छ।
पोखरामा पनि रोल्पा–पोखरा सम्पर्क समाज र रुकुमेली एकता सम्पर्क समाजको संयुक्त आयोजनामा हिजो देखि मौलिक भेषभूषामा सजिएर विविध कार्यक्रम गरी भूमे पूजा मनाइएको हो ।
पूर्वी रुकुम र रोल्पाबाट स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गर्दै आएका मगर, गुरुङलगायतका समूदायले संयुक्त रुपमा पोखरामा पनि यो पर्व मनाउन थालिएको रोल्पा–पोखरा सम्पर्क समाजका अध्यक्ष राम कुमार बुढा मगरले जनाकारी दिए ।
उनका अनुसार विषेश गरी मगर समूदायले मनाउने पर्व भनिए पनि गाउँका सबै समुदाय मिलेर मनाउने गरिन्छ ।
भूम्या पर्वमा भूमि अर्थात् जमिनलाई देवताका रुपमा पूजाआजा गर्दै बालीनाली सप्रियोस्, खेतीपातीका लागि पानी परोस्, प्राकृतिक विपत्ति नआओस् भनि प्रार्थना गर्ने गरिने रुकुमेली एकता सम्पर्क समाजका संस्थापक सदस्य फत्ते बहादुर गुरुङले बताए ।
उनले आफू जहाँ पुगे पनि आफ्नो संस्कार र संस्कृति भुल्न नहुने बताए । उनले भने, “हाम्रो परापूर्व कालदेखि चलिआएको लोपोन्मुख संस्कार र संस्कृतिको जर्गेना र पर्वद्धन गर्दै लैजानु पर्छ ।, सोही अनुरुप हामीले हाम्रो भेगबाट आएका सबै समुदायलाई समेटेर यो कार्यक्रम आयोजना गरेका हौँ ।
असार १ को पहिलो दिन गाउँले जम्मा भई पूजाका लागि टाढाटाढा लेकमा गइ बुकी फूल टिपेर ल्याउने गर्दछन्। ब्रत बसी पूजा गर्ने, चामलको सेतो टिकासँगै बुकी फूल लगाउने तथा शुभकामना आदानप्रदान, आगामी वर्षका लागि साडो भाकल गर्ने र भूमे नाच नाच्ने चलन छ।
विशेष गरी रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट, दाङ लगायतका जिल्लाहरुमा धुमधामसँग भूमि पूजा गर्ने गरिन्छ । यसलाई मगर जातिले पर्वकै रुपमा मनाउने गर्दछन् । ठाउँ अनुसार भूमिको पूजा गर्ने चलन छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु