काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले कवीन्द्र बुर्लाकोटी महामन्त्री र मनीष झालाई प्रवक्ता बनाएको छ।
शनिबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैठकले यसअघि कार्यवाहक महामन्त्री रहेका बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ता रहेका झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको झाले जानकारी दिए।
शुक्रबार निर्वाचन आयोगमा रास्वपाको महामन्त्रीमा ढकाल रहेको अभिलेख सार्वजनिक भएको थियो। रास्वपाबाट कारबाहीमा परेका ढकालले निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोबारे सूचना माग गरेका थिए। त्यसको जवाफमा आयोगले भनेको छ,‘प्रस्तुत विषयमा तपाईँले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ।’
डा. मुकुल ढकाल नै महामन्त्री भएको पत्र निर्वाचन आयोगबाट सार्वजनिक भएपछि रास्वपा केन्द्रीय समितिको बैठकले जिम्मेवारी हेरफेर गरेको हो।
रास्वपा आज तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा भएपनि निर्वाचन आयोगमा असार १७ गते दर्ता भएको थियो। लामिछाने सहकारीको बचत रकम ठगेको अभियोगमा पूर्वपक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा