काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिक भइसकेकालाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
ब्रिटिस गोर्खा सैनिकले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक भएको उनले उल्लेख गरे । तर, अर्को देशको नागरिकता लिइसकेपछि नेपालको दिन नसकिने उनले स्पष्ट पारे ।
उनले अरू कामका निम्ति एनआरएनएलाई दिएसरहको नागरिकता दिन सकिने बताए । नेपालजस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने उनको भनाइ थियो ।
नेपाल फर्कन चाहनेलाई स्वागत गर्न तयार रहेको उनले बताए । “…अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरू सुविधाहरू दिन सकिन्छ,” उनले भने, “नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।”
ब्रिटिस गोर्खा सैनिकबारे संसदीय समितिमा छलफल जारी रहेकाले संसद्बाट निष्कर्ष निस्कने उनले सुनाए । “जहाँसम्म गोर्खा ब्रिटिस सैनिकलाई बेलायती सैनिकसरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ, त्यसमा म स्पष्ट छु,” उनले भने, “ब्रिटिस गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिटै निष्कर्ष निस्किनेछ ।”
सभापति देउवाले गोर्खा सैनिकको इतिहास गर्बिलो रहेको बताए । ब्रिटिस गोरखा सैनिक नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण माध्यम भएको उनले उल्लेख गरे ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ