बहिनीको जन्मदिन भन्दै घर बोलाएर कुटपिट गरी युवकको हत्या, ४ जना पक्राउ

अपराध

बहिनीको जन्मदिन भन्दै घर बोलाएर कुटपिट गरी युवकको हत्या, ४ जना पक्राउ

Arrested-4

काठमाडौं । जन्मदिन मनाउन भन्दै बोलाएर कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने बिकास लामा, बारा निजगढ न.पा. वडा नम्बर ७ घर भएका बर्ष २९ का सुगन्द लामा, निजगढ– ५ घर भएका बर्ष १८ का सौगात क्षेत्री र मकवानपुरको बकैया गाँउपालिका वडा नं. २ घर भएका वर्ष २३ का निसान जिम्भा हुन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार विकास लामा लोका बहिनीको जन्मदिन बनाउन भन्दै बाराको निजगढ नगरपालिका–८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई बुढानीलकण्ठ टुसालमा बोलाइएको थियो ।

६ असारको राति जन्मदिन बनाउन भन्दै बोलाएर कृष्णलाई उनीहरुले कुटपिट गरी हत्या गरेको पाइएको परिसरका प्रवक्ता बोहराले बताए ।

पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

जन्मदिन मनाउने क्रममा सबै जनाले मादक पदार्थ सेवन गरेको र त्यसपछि उनीहरूबीच विवाद सुरु भएको देखिएको प्रहरीले बताएको छ । विवादले उग्र रुपलिएपछि कुटपिट गर्दा कृष्णको ज्यान गएको प्रहरीको भनाइ छ ।

जसकारण मार्ने पूर्वयोजना भन्दा पनि एकछिनको विवादका कारण उनको ज्यान गएको देखिएको प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ