इरानद्वारा कतार र इराकस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

आक्रमण

इरानद्वारा कतार र इराकस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

‘विजयको घोषणा’ अभियान सुरु

us-base-in-qatar

वासिङ्टन । इरानबाट कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी मिसाइल प्रक्षेपण गरिएको दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले समाचार प्रकाशित गरेको छ ।

अमेरिकी पक्षले ती मिसाइलहरूको ट्र्याकिङ गरिरहेको समाचारमा उल्लेख छ ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ र जोइन्ड चिफ अफ स्टाफका अध्यक्ष ड्यान केन हाल ‘सिचुएसन रूम’ मा छन्।

यसअघि एक वरिष्ठ अधिकारीले कतरस्थित अल उदैद एयर बेसमाथि सम्भावित आक्रमणको खतरा भन्दै ह्वाइट हाउस र रक्षा मन्त्रालयका अधिकारीहरू निगरानीमा रहेको बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना उक्त बेसको भ्रमण गरेका थिए । सन् २००३ पछि त्यहाँ पुग्ने उनी पहिलो राष्ट्रपति बनेका थिए । यो मध्यपूर्वमा रहेको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा हो।

यस्तै कतारले आफ्नो आकाशमा उडान रद्द गरेको छ । भने अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेका छन् ।

कतारले बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। आफ्नो नागरिक, बासिन्दा र पर्यटकहरूको सुरक्षाको प्रतिबद्धताको रूपमा  एयर स्पेस बन्द गरेको कतारी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ