विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय

राजनीति

विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय

ushakiran-and-binda-pandey

काठमाडौं . नेकपा एमालेले पार्टीका नेतृद्वय विन्दा पाण्डे र उषाकिरण तिमल्सेनाको निलम्बन फुकुवा गरेको छ।

बुधबार बसेको पार्टीको सचिवालय बैठके उनीहरूको निलम्बन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीव ज्ञवालीले बताए।

यसअघि एमालेले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य उषाकिरणलाई ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो। पार्टी कार्यालय निर्माणका विषयमा पार्टीको नीति विपरीत सार्वजनिक टिप्पणी गरेपछि एमालेले उनीहरूको जिम्मेवारी खोसेको थियो।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरूङबाट दानमा जग्गा लिने विषयमा उनीहरूले प्रश्न उठाएका थिए । पार्टी निर्णयप्रति सार्वजनिक रुपमा विरोध गरेको भन्दै गत ६ कात्तिकमा उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो ।

पाण्डे र तिम्सेनाले १२ कात्तिकमै स्पष्टीकरण पनि बुझाएकी थिइन् । तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै १० पुसको सचिवालय बैठकले निलम्बनको निर्णय गरेको थियो ।

उनीहरूसहित पार्टीले भीम रावललाई पनि स्पष्टीकरण सोधेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ