एसईईमा ३.६ जीपीएभन्दा माथि ल्याउने विद्यार्थी ४८ हजार बढी

नतिजा

एसईईमा ३.६ जीपीएभन्दा माथि ल्याउने विद्यार्थी ४८ हजार बढी

यसपटक पनि विद्यार्थीको कठिन विषय बन्यो गणित

National Examination Board NEB 1

काठमाडौं : एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको एसईईको नजिता प्रकाशित गरेको हो।

बोर्डले २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षामर्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।

त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन्।

त्यस्तै , २६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

यसपटक पनि विद्यार्थीको कठिन विषय बन्यो गणित

एसईईमा सबैभन्दा धेरै गणित विषयमा परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

आज सार्वजनिक गरिएको नतिजा अनुसार गणित विषयमा १ लाख २८ हजार २१५ परीक्षार्थी अनुत्तीर्ण भएका छन्। अंग्रेजीमा ८० हजार ६७२ विद्यार्थी अनुत्तीर्ण भए।

कुन विषयमा कति अनुत्तीर्ण ?

गणित : १ लाख २८ हजार २१५

अंग्रेजीमा : ८० हजार ६७२

साइन्स एण्ड टेक्नोलोजी : ७९ हजार २७१

नेपाली : ५४ हजार ७३५

सामाजिक : ५३ हजार १८६

अर्थशास्त्र : ४२ हजार १५०

ऐच्छिक गणित : १८ हजार २२२

६१.८१ प्रतिशत ग्रेडेड, २.८-३.२ जीपीए ल्याउने विद्यार्थी धेरै

यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

२०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८१ हजार ३८५ जना र २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीहरू ८९ हजार १२४ जना रहेका छन्।

त्यस्तै २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीहरू ४८ हजार ४७९ जना र २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीहरू ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउनेहरू ८ जना रहेको बोर्डले जनाएको छ। त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष शर्माले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ