काठमाडौं : एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको एसईईको नजिता प्रकाशित गरेको हो।
बोर्डले २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षामर्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।
त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन्।
त्यस्तै , २६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
यसपटक पनि विद्यार्थीको कठिन विषय बन्यो गणित
एसईईमा सबैभन्दा धेरै गणित विषयमा परीक्षार्थी अनुत्तीर्ण भएका छन्।
आज सार्वजनिक गरिएको नतिजा अनुसार गणित विषयमा १ लाख २८ हजार २१५ परीक्षार्थी अनुत्तीर्ण भएका छन्। अंग्रेजीमा ८० हजार ६७२ विद्यार्थी अनुत्तीर्ण भए।
कुन विषयमा कति अनुत्तीर्ण ?
गणित : १ लाख २८ हजार २१५
अंग्रेजीमा : ८० हजार ६७२
साइन्स एण्ड टेक्नोलोजी : ७९ हजार २७१
नेपाली : ५४ हजार ७३५
सामाजिक : ५३ हजार १८६
अर्थशास्त्र : ४२ हजार १५०
ऐच्छिक गणित : १८ हजार २२२
६१.८१ प्रतिशत ग्रेडेड, २.८-३.२ जीपीए ल्याउने विद्यार्थी धेरै
यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
२०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८१ हजार ३८५ जना र २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीहरू ८९ हजार १२४ जना रहेका छन्।
त्यस्तै २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीहरू ४८ हजार ४७९ जना र २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीहरू ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउनेहरू ८ जना रहेको बोर्डले जनाएको छ। त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष शर्माले बताए।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु