इंग्लिस क्लब लिभरपुलका फरवार्ड डिओगो जोटाको स्पेनमा भएको कार दुर्घटनामा निधन भएको छ। २८ वर्षीय जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो।
जोटा र उनका भाइ आन्द्रे सवार कार जामोरा प्रान्तमा सडकबाट खसेर आगो लाग्दा दुवैको मृत्यु भएको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २६ वर्षीय आन्द्रे सिल्भा पनि पेशागत फुटबल खेलाडी थिए र पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनेफिएलका लागि खेल्ने गर्थे।
उनीहरू चढेको कार जामोरा शहर नजिकै सडकबाट अनियन्त्रित भई खसेको र त्यसमा आगो लागेको थियो।
स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो।
उक्त दुर्घटना स्थानीय समयअनुसार राति करिब १२:३० बजे भएको जनाइएको छ। जसमा उनीहरू सवार लाम्बोर्गिनी कार एक अर्को सवारीसाधनलाई ओभरटेक गर्ने क्रममा टायर पम्चर भएर सडकबाट उछिट्टिएको थियो। त्यसपछि कारमा आगलागी भएको र दुवै जनाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ।
यो दुर्घटना ए-५२ राजमार्गमा भएको बताइएको छ, जहाँ उनीहरूको कार सडकबाट बाहिर गएर आगलागी भएको थियो।
यो खबर बीबीसी स्पोर्ट्स र स्काइ स्पोर्ट्सले स्थानीय अग्निनियन्त्रक र गार्डिया सिभिललाई उधृत गर्दै लेखेका छन्।
जोटा गत सिजन प्रिमियर लिग जित्ने लिभरपुल टोलीका एक महत्त्वपूर्ण हिस्सा थिए।
रोयटर्सका अनुसार जोटाले २२ जुन २०२५ मा रुट कार्डोसोसँग विवाह गरेका थिए । विवाहको दुई हप्तामै उनी घातक कार दुर्घटना परेका हुन् । यो जोडीका तीन सन्तान छन् ।
पोर्चुगिज फुटबल महासंघ (एफपीएफ)ले भनेको छ, “पोर्चुगिज फुटबल महासंघ र सम्पूर्ण पोर्चुगिज फुटबल आज बिहान स्पेनमा डियोगो जोटा र उनका भाइ एन्ड्रेस सिल्भाको मृत्युबाट पूर्ण रूपमा स्तब्ध भएको छ ।”
पोर्चुगिज राष्ट्रिय टोलीले भनेको छ,‘जोटा एक महान् खेलाडी मात्र थिएनन्। एक असाधारण व्यक्ति पनि थिए। उनलाई सबै टोलीका साथी र प्रतिद्वन्द्वीहरूले पनि सम्मान गर्थे।’
जोटाले गत सिजन लिभरपुललाई प्रिमियर लिग उपाधि जित्न सहयोग गरेका थिए र गत महिना अर्थात जुनमा भएको नेशन्स लिगको उपाधि जिताउन टिमका लागि महत्त्वपूर्ण भूमिका निभाएका थिए।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला