पोखरा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टदेखि लागु हुने गरी संसारका १४ देशबाट आउने सामानमा थप करको घोषणा गरेका छन्।
जापान र दक्षिण कोरियाबाट जाने सामानमा २५ प्रतिशत कर लगाइने छ। साथै उनले संसारका अन्य धेरै नेतालाई १ अगस्टदेखि नयाँ करको मापदण्ड तयार हुने चेतावनी दिइसकेका छन्।
धेरै देशको करको दायरा उनले अप्रिल महिनामा घोषणा गरे जस्तै थियो। ट्रम्पले सामाजिक सञ्जालमा करको नयाँ योजना सार्वजनिक गर्दै लेखेका छन्, ‘हाम्रो सम्बन्धमा रहेको उतारचढावसँगै यो धेरै र कम हुन सक्छ।’
गत वर्ष जापानले अमेरिकामा १४८ अर्ब डलरको सामान पठाएको थियो। अमेरिकामा सामान पठाउने जापान पाँचौँ स्थानमा छ। जापान भन्दा धेरै युरोपेली युनियन, मेक्सिको, चीन र क्यानडाबाट सामान जाने गरेको छ। दक्षिण कोरिया पनि शीर्ष १० मा पर्छ।
जापान र दक्षिण कोरियासँगै ट्रम्पले सोमबार घोषणा गरेको नयाँ करको दायरा अनुसार म्यानमारबाट अमेरिका जाने सामानमा ४०, कम्बोडिया र थाइल्यान्डका सामानमा ३६ तथा सर्बिया र बङ्गलादेशका सामानमा ३५ प्रतिशत कर लगाइएको छ।
इन्डोनेसियाका सामानमा ३२, दक्षिण अफ्रिकाका ३० तथा मलेसिया र ट्युनेसियाको सामानमा २५ प्रतिशत आयात करको घोषणा गरेका छन्।
ट्रम्पले अन्य देशको व्यापार नीतिले अमेरिकालाई घाटा भएको भन्दै त्यसलाई हेर्दै घोषणा गर्ने बताएका छन्।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’