पोखरा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टदेखि लागु हुने गरी संसारका १४ देशबाट आउने सामानमा थप करको घोषणा गरेका छन्।
जापान र दक्षिण कोरियाबाट जाने सामानमा २५ प्रतिशत कर लगाइने छ। साथै उनले संसारका अन्य धेरै नेतालाई १ अगस्टदेखि नयाँ करको मापदण्ड तयार हुने चेतावनी दिइसकेका छन्।
धेरै देशको करको दायरा उनले अप्रिल महिनामा घोषणा गरे जस्तै थियो। ट्रम्पले सामाजिक सञ्जालमा करको नयाँ योजना सार्वजनिक गर्दै लेखेका छन्, ‘हाम्रो सम्बन्धमा रहेको उतारचढावसँगै यो धेरै र कम हुन सक्छ।’
गत वर्ष जापानले अमेरिकामा १४८ अर्ब डलरको सामान पठाएको थियो। अमेरिकामा सामान पठाउने जापान पाँचौँ स्थानमा छ। जापान भन्दा धेरै युरोपेली युनियन, मेक्सिको, चीन र क्यानडाबाट सामान जाने गरेको छ। दक्षिण कोरिया पनि शीर्ष १० मा पर्छ।
जापान र दक्षिण कोरियासँगै ट्रम्पले सोमबार घोषणा गरेको नयाँ करको दायरा अनुसार म्यानमारबाट अमेरिका जाने सामानमा ४०, कम्बोडिया र थाइल्यान्डका सामानमा ३६ तथा सर्बिया र बङ्गलादेशका सामानमा ३५ प्रतिशत कर लगाइएको छ।
इन्डोनेसियाका सामानमा ३२, दक्षिण अफ्रिकाका ३० तथा मलेसिया र ट्युनेसियाको सामानमा २५ प्रतिशत आयात करको घोषणा गरेका छन्।
ट्रम्पले अन्य देशको व्यापार नीतिले अमेरिकालाई घाटा भएको भन्दै त्यसलाई हेर्दै घोषणा गर्ने बताएका छन्।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन