काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । बाढीमा परेर अहिले पनि १९ जना बेपत्ता छन् ।
मंगलबार बिहानदेखि आएको बाढीमा चपेटमा परेका ५७ जनाको भने उद्धार भएको नेपाल प्रहरीले जानकारी गराएको छ ।
बेपत्ता हुनेमा ११ जना सर्वसाधारण, २ जना प्रहरी र ६ चिनियाँ नागरिक रहेका छन् । बाढीमा बगेर बेपत्ता भएका एक जना प्रहरीको शव भने चितवनमा फेला परेको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा फेला परेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

बेपत्ता भएको खोजीकार्यमा ३८३ जना प्रहरी परिचालन गरिएको छ । बाढीबाट रसुवाको गोसाईकुण्ड गाउँपालिकाको १, २ र ३ वडा, आमाछोदिङ्मो गाउँपालिको १, २, ४ र ५ वडा, उत्तरगया गाउँपालिकाको २, ४ र ५ वडाका साथै कालिका गाउँपालिकाको १ नम्बर वडा सबभन्दा बढी प्रभावित भएका छन् ।
रसुवाको भोटेकोशी नदी (तिब्बततर्फ ल्हेन्दे खोला भनिने ) मा मंगलबार बिहान आएको भीषण बाढीले धनजनको ठूलो क्षति भएको छ । बाढीले नेपाल–चीन जोड्ने सीमा–नाकाको मितेरी पुल नै बगाएपछि दुई देशबीचको सीमा व्यापारसमेत ठप्प भएको छ ।
प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन, लिए उद्धार र क्षतिबारे जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो राखेका छन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापति सहित चारै सुरक्षा निकायका प्रमुख पनि प्रधानमन्त्री ओलीसँगै बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु