काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । बाढीमा परेर अहिले पनि १९ जना बेपत्ता छन् ।
मंगलबार बिहानदेखि आएको बाढीमा चपेटमा परेका ५७ जनाको भने उद्धार भएको नेपाल प्रहरीले जानकारी गराएको छ ।
बेपत्ता हुनेमा ११ जना सर्वसाधारण, २ जना प्रहरी र ६ चिनियाँ नागरिक रहेका छन् । बाढीमा बगेर बेपत्ता भएका एक जना प्रहरीको शव भने चितवनमा फेला परेको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा फेला परेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

बेपत्ता भएको खोजीकार्यमा ३८३ जना प्रहरी परिचालन गरिएको छ । बाढीबाट रसुवाको गोसाईकुण्ड गाउँपालिकाको १, २ र ३ वडा, आमाछोदिङ्मो गाउँपालिको १, २, ४ र ५ वडा, उत्तरगया गाउँपालिकाको २, ४ र ५ वडाका साथै कालिका गाउँपालिकाको १ नम्बर वडा सबभन्दा बढी प्रभावित भएका छन् ।
रसुवाको भोटेकोशी नदी (तिब्बततर्फ ल्हेन्दे खोला भनिने ) मा मंगलबार बिहान आएको भीषण बाढीले धनजनको ठूलो क्षति भएको छ । बाढीले नेपाल–चीन जोड्ने सीमा–नाकाको मितेरी पुल नै बगाएपछि दुई देशबीचको सीमा व्यापारसमेत ठप्प भएको छ ।
प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन, लिए उद्धार र क्षतिबारे जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो राखेका छन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापति सहित चारै सुरक्षा निकायका प्रमुख पनि प्रधानमन्त्री ओलीसँगै बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’