पोखरा । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी एक वर्षका लागि निष्कासन गरेको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरूद्धमा गतिविधि गरेको ठहर गर्दै कारबाहीस्वरूप एक वर्षका लागि निष्कासित गरेको हो।
गण्डकी प्रदेशका सांसद तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले खड्काविरुद्ध उजुरी दिएका थिए। कास्की–२ को (ख) मा प्रत्यक्ष टिकट चाहेका खड्कालाई नदिइ पार्टीले दोस्रो पटक थापालाई टिकट दिइएको थियो ।
टिकट नपाएपछि मन्त्री खड्काले थापालाई हराउन लागि परेको आरोप लागेको थियो । विन्दुकुमार दोस्रो पटक चुनाव जितेर अहिले गण्डकी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री छन् । यसअघि उनी कानुनमन्त्री थिए ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले पठाएको स्पष्टीकरण सोधपत्रको सन्तोषजनक जवाफ नपाएको भन्दै उनलाई कारबाही गरिएको आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए।
उनका अनुसार खड्कालाई साधारण सदस्यबाट एक वर्षका लागि निलम्बन गरिएको छ।
कांग्रेस नेता कृष्णचन्द्र नेपाली नेतृत्वमा गठित सरकारमा सामाजिक विकास हुँदै खड्का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका थिए । सरकारलाई असहयोग गरेको र आफ्नै पार्टीका उम्मेदवार तथा कानुनमन्त्री समेत रहेका विन्दुकुमार थापालाई चुनावमा हराउन लागेको भन्दै खड्कालाई उतिबेलै मुख्यमन्त्री नेपालीले बर्खास्त गरेका थिए । त्यसपछि, खड्काले पत्रकार सम्मेलन गरी मुख्यमन्त्री नेपाली र मन्त्री थापामाथि विभिन्न आरोप लगाएका थिए ।
जातीय राज्यको विरोध गर्दै खस क्षेत्रीका नाममा खड्काले अखण्ड नेपाल पार्टी स्थापना गरेका थिए । दोस्रो संविधानसभामा उनी पार्टीको तर्फबाट समानुपातिक सांसद भए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७३ मा एकमात्र सांसद रहेको उक्त पार्टीबाट उनी महिला बालबालिका तथा समाजकल्याण मन्त्रीसमेत बनेका थिए ।
२०७४ सालमा पार्टी नै कांग्रेसमा विलय गराएको घोषणासहित सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाए र पूर्व पार्टी फर्किएका थिए ।
केन्द्रीय अनुशासन आयोगले कारबाही गरेको पत्र आफूलाई ह्वाट्सअपमा आएको भन्दै उनले ‘सरप्राइज’ भएको प्रतिक्रिया दिएका छन् ।
यसैगरी, कास्की–२ को (ख) का उम्मेदवार बिन्दु थापालाई नै हराउन लागेको भन्दै पार्टीले पोखरा वडा नम्बर ९ की सदस्य भावना श्रेष्ठलाई पनि ६ महिनाका लागि निलम्बन गरेको छ ।
यस्तै, कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार किशोरदत्त बराल विरुद्ध लागेको आरोपमा कास्कीका पूर्व जिल्ला सभापति कृष्ण केसीलाई पनि कारबाही गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीलाई ३ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचारः
कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी पनि कारबाहीमा, ३ महिना निलम्वन
सम्बन्धित खबर
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ: प्रचण्ड
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन