महान्यायाधिवक्ता कार्यालयले आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन गर्ने

अपराध

महान्यायाधिवक्ता कार्यालयले आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन गर्ने

Mohammad-Aftab-Alam

काठमाण्डौ । महान्यायाधिवक्ता कार्यालयले कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरूद्ध पुनरावेदन गर्ने भएको छ ।

उच्च सरकारी कार्यालय वीरगञ्जले पुनरावेदनको रायसहित पठाएको मिसिलका आधारमा महान्यायाधिवक्ताको कार्यालयले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको हो । ढिलोमा आइतबारभित्र पुनरावेदनका लागि निवेदन दर्ता गराउने तयारी महान्यायाधिवक्ता कार्यालयको छ ।

२०६४ सालको संविधान सभा अघिल्लो दिन चैत २७ गते भएको विष्फोटका घाइतेलाई आलमसहितका व्यक्तिले जिउँदै ईंटाभट्टामा हालेर हत्या गरेको अभियोग थियो ।

२०८१ वैशाख १३ गते जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेपनि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले उक्त फैसला उल्टाउँदै आरोपी सबैलाई सफाइ दिएको थियो ।

सफाइको फैसला गर्ने न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि अनुसन्धान भइरहेको छ । सर्वोच्च अदालतमा तानेर न्यायाधीश विनोद शर्माको अध्यक्षतामा गठित समितिले उनीहरुमाथि छानबिन गरिरहेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ