काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा सहभागी नगराएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेमाथि प्रहार गर्न शुरु गरेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतवार विधान महाधिवेशनको सन्दर्भमा आयोजित केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको राजनीतिमा मूल धारका राजनीतिक दलहरूको विकल्पको आउन खोजेका दलले जनतामा सामाजिक सञ्जालको माध्यमबाट निराशाको खेती गरेको आरोप लगाए।
निराशाको विकल्पमा आफ्नो औचित्य पुष्टि गर्ने, त्यही मान्यताको जगमा नेपालको राजनीतिमा पपुलिजमलाई प्रवर्द्धन गर्ने काम गरेको बताए। नयाँ दललाई परीक्षण छिटो हुन दिनुपर्छ भनेर एमालेले उनीहरूले मागेको मन्त्रालय दिएको बताए।
त्यो वेलासम्म रास्वपाका नेताहरूको भरोसाको केन्द्र नै एमाले अध्यक्ष केपी शर्मा ओलीको घर भएको र उनीहरूको उठबस नै एमाले अध्यक्षको घर रहेको दावी गरे। काँग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सहभागी नगर्ने निष्कर्षमा पुगेसँगै रास्वपाबाट प्रहार शुरु भएको बताए।
महासचिव पोखरेलले भने, ‘गृहमन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, स्वास्थ्य राज्यमन्त्री बनाएर जिम्मा दियौँ। पपुलिस्टलाई कामद्वारा देखाउनुपर्छ भन्ने मान्यताका लागि ठाउँ दियौँ। त्यतिन्जेल रास्वपाका नेताहरूको भरोसाको केन्द्र नेकपा एमालेका अध्यक्षको घर थियो। बसउठ त्यहीँ हुन्थ्यो।’
महासचिव पोखरेलले आज रवि लामिछाने थुनामा जानुको कारण तल्लो अदालतको फैसलाको चित्त नबुझेर माथिल्लो अदालतमा जानुको परिणाम भएको बताए।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ