काठमाडौँ। अब बैङ्कपिच्छे ग्राहक पहिचान (केवाइसी) भनुपर्ने झन्झटबाट सेवाग्राहीमुक्त हुने भएका छन् ।
‘तपाईंको केवाइसी अपडेट छैन, गरिहाल्नुस्’ भन्ने बैङ्कका कर्मचारीको जवाफ पनि सेवाग्राहीले सुन्न नपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान (केवाइसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिन लागेको हो ।
जति वटा बैङ्कमा खाता खोल्यो छुट्टाछुट्टै केवाइसी भनुपर्ने बैङ्क तथा वित्तीय संस्थाको प्रावधानले सेवाग्राही हैरान भएका थिए । यसबारे सर्वत्र गुनासो आइरहेपछि राष्ट्र बैङ्कले सुधारको पहल सुरु गरेको हो ।
ग्राहकले कुनै एक बैङ्कमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवस्था भए अनुसार केवाइसी विवरण कुनै बैङ्क तथा वित्तीय संस्थालाई आवश्यक परेको खण्डमा राष्ट्रिय परिचयपत्रबाट सहजै वित्तीय संस्थाले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
“बैङ्क तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान केवाइसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने छ ।
ग्राहकले कुनै एक बैङ्कमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिने छ,” मौद्रिक नीतिमा उल्लेख छ ।
नयाँ प्रणाली अन्तर्गत केवाइसी विवरण उपलब्ध गराएका ग्राहकले पहिचान नम्बर प्राप्त गर्ने भएका छन् र कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले ग्राहक पहिचानका लागि ग्राहकको व्यक्तिगत विवरण आवश्यक परेमा सोही पहिचान नम्बरको प्रयोग गरेर केवाइसी प्रणालीबाट प्राप्त गर्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’