राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ र ‘घण्टी’ चुनाव चिन्ह हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । सिन्धुलीका युवराज सफलले आज आयोगमा निवेदन दर्ता गराएका हुन् ।
रास्वपाको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले उम्मेदवारहरुको स्वतन्त्र भएर चुनाव लड्न पाउने कानूनी अधिकार र पहिचान खोसेको उनको ठहर छ । त्यसैगरी, हिन्दु धर्मावलम्बीको मूल्यमान्यता, आस्था र विश्वाससँग जोडिएको ‘घण्टी’ लाई चुनाव चिह्न बनाउनु राजनीतिक दुरुपयोग भएको उनको जिकिर छ । आम जनतालाई भ्रम छरेर आफूहरु स्वतन्त्र हो भनि भोट बटुल्ने उद्देश्यले रास्वपाले आफ्नो नाममा स्वतन्त्र र चुनाव चिह्न घण्टी राखेको सफलको आरोप छ ।
‘कुनै पनि राजनीतिक दल गठन हुन निश्चित विचार, सिद्धान्त, उद्धेश्य, नीति, कार्यक्रमको आवश्यकता पर्ने गर्दछ, अतः राजनीतिक दल केही नभएको स्वतन्त्र हुन सक्दैन,’ उनले भनेका छन्, ‘पार्टीले आफ्ना कार्यक्रमहरु स्वतन्त्र तरिकाले गर्नसक्छ तर पार्टी आफैं स्वतन्त्र हुन सक्दैन । अतः तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र भन्ने शब्द सच्याई सो शब्द पार्टीको नामबाट हटाउनुहुन यसै निवेदनमार्फत अनुरोध गर्न माग गर्दछु ।’
मुलुकको राष्ट्रिय झण्डा, राष्ट्रिय निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाईँ, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तिका तस्बीर वा चिह्न दललाई प्रदान गर्न नहुने व्यवस्था छ ।
यदि कसैलाई त्यस्तो चुनाव चिन्ह प्राप्त भएमा आयोगले पुनरावलोकन गर्न सक्ने व्यवस्थाको स्मरण गराउँदै उनले लेखेका छन्, ‘घण्टी हिन्दु धर्मावलम्बीहरुको साझा प्रतिक हो, आस्था हो, विश्वास हो । अतः राष्टिय पहिचान भएको घण्टीलाई कुनै पनि रुपमा चुनाव चिह्न बनाउन पाइँदैन । साथै, धर्म निरपेक्षताको सिद्धान्तलाई स्वीकार गर्ने पार्टीले हिन्दुहरुको आस्था भएको घण्टीलाई चुनाव चिह्न बनाउन मिल्ने विषयसमेत होइन । सो चुनाव चिह्न संशोधन गरी पाउँ भनि यो निवेदन पेश गरेको छु ।’

सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा