एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको विधान महाधिवेशनमा सहभागी हुन नपाउने भएकी छिन् ।
पार्टी मुख्यालय च्यासलमा गएराति अबेर सकिएको सचिवालय बैठकको निर्णयानुसार पूर्वराष्ट्रपति भण्डारी प्रतिनिधि बन्नबाट वञ्चित हुने भएकी हुन् । सचिवालयको बैठकले दशौँ महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ ।
योसँगै पार्टीको केन्द्रीय कमिटीमा मनोनीत भएकाहरू पनि प्रतिनिधि बन्न नपाउने उपमहाचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार मनोनीत केन्द्रीय सदस्यहरू आयोजकका हैसियतमा मात्रै विधान महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।
एमालेको २०-२२ भदौसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा दोस्रो विधान महाधिवेशन हुँदै छ । उक्त विधान महाधिवेशनमा प्रतिनिधि मनोनीत हुने आशा पूर्वराष्ट्रपति भण्डारीले राखेकी थिइन् । केही दिनअघि मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले पार्टीले मनोनीत गरेर प्रतिनिधि बनाउन सक्ने बताएकी थिइन् ।
‘दशौँ महाधिवेशनमा प्रतिनिधि नरहेका नेताहरू केन्द्रीय सदस्य बन्नुभएको छ । जनवर्गीय संगठनको निर्वाचन भएर नयाँ नेतृत्व आएको छ । त्यसैले विधान महाधिवेशनको प्रतिनिधिबारे पार्टीले निर्णय गर्ला । उनीहरूलाई प्रतिनिधि बनाउनुपर्ने हुँदा मेरो विषयमा के गर्ने भन्ने निर्णय पनि होला,’ भण्डारीले पत्रकार सम्मेलनमा भनेकी थिइन् ।
नेकपा एस छोडेर एमालेमा फर्किएका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेलगातय नेताहरू पनि विधान महाधिवेशनको प्रतिनिधि हुने छैनन् । उनीहरू आयोजकका हैसियतमा विधान महाधिवेशनमा सहभागी हुने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
सचिवालयको बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालसम्बन्धी व्यवस्था हटाउने निर्णय पनि गरेको छ । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था हटाउने प्रस्ताव पेस गरेका थिए । बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले बताए ।
एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन पाउने/नपाउने भन्ने विषयमा विवाद थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी एउटै पदमा उम्मेदवार हुन नपाउने व्यवस्था कायम हुनुपर्ने अडान राखेका थिए । तर, बैठकले बहुमतका आधारमा ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था हटाउने निर्णय लिएको हो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु