काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पूर्व राष्ट्रपति एवं नेकपा एमालेकी नेतृ विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न नेता कोइराला चपलीस्थित निवास पुगेका हुन् ।
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीसँग कोइरालाले एक घण्टा लामो वार्ता गरेका हुन् । भेटमा भण्डारीले आफूलाई सहयोगका लागि कोइरालासँग आग्रह गरेकी थिइन् ।
कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएको स्रोतले जनाएको छ ।
‘विद्या भण्डारीले म सक्रिय राजनीतिमा आइसकेँ, नैतिक रूपमा तपाईंहरूको पनि साथ सहयोग चाहिन्छ । फरक पार्टीका भए पनि देशका लागि मिलेर केही गरौँ भन्नुभयो,’ भण्डारीनिकट एक नेताले भने ।
बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्धका आवाजमा पूर्वराष्ट्रपति मुखरित हुनुपर्ने कोइरालाले उनीसँग विचार थिए । नयाँ राजनीतिक समीकरणको चर्चा चलिरहेको समयमा विद्यासँग शेखरको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बिहीबार मात्र शेखरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । यी भेटमा वैकल्पिक राजनीतिक गठबन्धन बनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु