काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पूर्व राष्ट्रपति एवं नेकपा एमालेकी नेतृ विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न नेता कोइराला चपलीस्थित निवास पुगेका हुन् ।
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीसँग कोइरालाले एक घण्टा लामो वार्ता गरेका हुन् । भेटमा भण्डारीले आफूलाई सहयोगका लागि कोइरालासँग आग्रह गरेकी थिइन् ।
कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएको स्रोतले जनाएको छ ।
‘विद्या भण्डारीले म सक्रिय राजनीतिमा आइसकेँ, नैतिक रूपमा तपाईंहरूको पनि साथ सहयोग चाहिन्छ । फरक पार्टीका भए पनि देशका लागि मिलेर केही गरौँ भन्नुभयो,’ भण्डारीनिकट एक नेताले भने ।
बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्धका आवाजमा पूर्वराष्ट्रपति मुखरित हुनुपर्ने कोइरालाले उनीसँग विचार थिए । नयाँ राजनीतिक समीकरणको चर्चा चलिरहेको समयमा विद्यासँग शेखरको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बिहीबार मात्र शेखरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । यी भेटमा वैकल्पिक राजनीतिक गठबन्धन बनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला