काठमाडौँ । पोखराको बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठबीचको ‘घूस डिल’ अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको छ ।
अडियो सक्कली भएको प्रमाणित भएसँगै अख्तियारले बयान र आवाज परीक्षणका लागि पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई मंगलबार कार्यालयमै डाकेको छ । उक्त प्रकरणमा मुछिए पनि भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वमन्त्री श्रेष्ठ र पूर्वभूमि व्यवस्था सचिव अर्जुन पोखरेल भने अनुसन्धानबाहिरै रहेका छन् ।
अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले अनुसन्धानका क्रममा रहेका विषयमा बोल्न नमिल्ने बताए । ‘यो विषय अनुसन्धानकै क्रममा छ,’ उनले भने, ‘अरू भन्न सकिँदैन ।’
बिचौलियाबाट रकम बुझेर कास्कीका मालपोत र भूमि आयोगका अधिकारीमार्फत जग्गा हडप्ने योजनाको ‘घूस डिल’ अडियो सार्वजनिक भएपछि गुप्ताले ३१ असारमा राजीनामा दिएका थिए । सुरुमा आरोपमा सत्यता नभएको जिकिर गरेका गुप्तामाथि कारबाहीको माग बढ्दै गएपछि बाध्य भएर राजीनामा दिएका थिए ।
बाटुलेचौरको १ सय ३४ रोपनी जग्गा भूमाफिया र बिचौलियाको योजनामा विभिन्न व्यक्तिका नाममा लैजान रचिएको प्रपञ्चमा भूमि व्यवस्थामन्त्री अधिकारी, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता, पूर्वभूमि व्यवस्थामन्त्री श्रेष्ठ, पूर्वसचिव पोखरेल र बिचौलिया लामा जोडिएका दुई छुट्टाछुट्टै अडियो बाहिरिएको थियो ।
१० असारमा यही प्रकरणमा अख्तियारमा घूस बुझेको नोट नम्बर र अडियोसहित उजुरी परेको थियो । पहिलो अडियोमा तत्कालीन मन्त्री गुप्ता, बिचौलिया लामा र पूर्वमन्त्री श्रेष्ठको संवाद सुनिन्छ । ‘घूस डिल’सँगै जोडिएको सन्दर्भसहित बाहिरिएको दोस्रो अडियोमा भूमि व्यवस्थामन्त्री अधिकारीले ३२ लाख र तत्कालीन भूमि व्यवस्था सचिव पोखरेलले ५ लाख रुपैयाँ घूस बुझेको संवाद छ ।
पहिलो अडियोमा गुप्ता, लामा र श्रेष्ठबीच कास्की भूमि आयोगमा एमालेका जिल्ला नेता खेमबहादुर पुनलाई नियुक्ति दिलाउन २५ लाख ‘घूस डिल’ भएको प्रसंग सुन्न सकिन्छ । पछिल्लो अडियोमा मन्त्री अधिकारीले ३२ लाख र तत्कालीन सचिव पोखरेलले ५ लाख रुपैयाँ खाएको किटान गरिएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा