काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आएकोबारे एमाले केन्द्रीय कमिटी बैठकमा चर्को बहस भइरहेका बेला भण्डारीले आफू अब पछि नहट्ने दोहोर्याएकी छन् ।
आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन् ।
सञ्चारकर्मीसँग उनले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रस्ट पारेकी हुन् ।
‘म सक्रिय राजनीतिमा आइसकेको छु । अब पछि हट्ने कुरा हुँदैन छैन’, उनले भनिन्, ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ यो ठिक छैन ।’
उनले जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको बताएकी छन् ।
भण्डारीले आफू कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको भन्दै अनावश्यक रुपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाइन् ।
भण्डारीले भनिन्- दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि । अहिले जसरी कार्यकर्तालाई टेरर गर्ने, बोल्न नदिने र बोलेबापत कारवाही गर्ने भन्न थालिएको छ यो ठिक छैन ।
भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुरा भएको बताइन् । उनले नयाँ वर्षको आफ्नो वक्तव्यपछि ओली चिढिएको समेत सुनाइन् ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी