प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना फेसन बनेको बताएका छन्।
बुधबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले गरेको प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई लाञ्छना नलगाई नहुने केही मानिसहरूको बानी नै हुने बताए।
‘कहिले पशुपतिमा पित्तल चढायो भनेर हल्ला गर्छन्। कहिले अहिले पनि छानबिन होस् भनेर कराउँछन्। त्यस्ता कुराहरूपट्टि धेरै वास्ता गर्दिनँ। चित्त पनि दुखाउँदिन। ह्याबिटका कुरा भयो मान्छेको। ह्याबिटको कुरामा म धेरै गइरहन्न,’ उनले भने।
प्रधानमन्त्री ओलीले हल्ला चलेकै भरमा कोहीमाथि कारबाही नहुने बताए। ‘हल्ला केही चल्यो, केही बोल्यो, कहिँ कतै छपायो, अथवा फेसबुकमा स्टाटस लेख्यो त्यसैका आधारमा कारबाही हुँदैन भन्ने सबैलाई थाहा हुनुपर्छ,’ उनले भने।
तथ्यका आधारमा भने बेथिति देखिन नहुने प्रधानमन्त्री ओलीले बताए। गम्भीर आशंका भएको ठाउँमा भने आफूले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति लिनै पर्ने बताए।
‘गम्भीर आशंका हुने खालका वा गम्भीर प्रश्न उठेका खण्डमा असहिष्णुताको नीति लिनै पर्छ। अथवा भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति लिनै पर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय सङ्कल्पप्रति हामी सबै दृढ र प्रतिबद्ध छौँ । यद्यपि केही मान्छेहरूको फेसन हुने गर्छ– प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाई नहुने । तिनीहरू कहिले पशुपतिमा पित्तल चलायो भनेर हल्ला गर्छन् । अहिले पनि छानबिन होस् भनेर कराउँछन् । त्यस्ता कुराहरूमा म वास्ता पनि गर्दिनँ, चित्त पनि दुखाउँदिनँ । कसैको व्यवहारको कुरामा म धेरै गइरहन चाहन्नँ । तीनै तहको सरकारमा रहेका कुनै पनि व्यक्तिहरू कानूनको दायराभन्दा बाहिर छैनन् । कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कारबाही भइरहेको छ र हुनेछ ।’
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’