नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा सक्रिय हुँदा गणतन्त्रमाथि नै प्रहार हुनसक्ने भएकाले उनलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने निर्णय गरिएको जिकिर गरेका छन्।
एमालेको मंगलबार राति सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय लेख्ने कामसमेत गरेका ज्ञवालीले विद्याले पार्टीका लागि ठूलो योगदान दिएको र त्यो योगदानको कदर गर्दै पार्टीले ‘गणतन्त्र गौरव’बाट विभुषित गरेको पनि बताए।
पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले कास्कीले बुधबार आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले विद्या सक्रिय राजनीतिमा फर्कँदा उनी स्वयंको गरिमा घट्ने जिकिर पनि गरे।
राज्यका हरेक अंगमा महिला सहभागिता सुनिश्चित गराउन पनि विद्याको योगदान रहेको स्मरण गर्दै ज्ञवालीले सम्मानित नेता भएको, पार्टीको उपाध्यक्ष भएको पनि बताए। उनले विद्याको त्यही योगदानको कदर गर्दै पार्टीले हीरक महोत्सवमा ‘गणतन्त्र गौरव’सम्मान प्रदान गरेको जिकिर गरे।
उनले भने – ‘त्यो उचाइमा पुगेको व्यक्ति फर्केर पार्टी राजनीतिमा आउनु ठीक हो त ? संविधानमा धेरै कुरा लेखिएको छैन। सप्पै कुरा लेखिँदैन पनि। ती धेरै कुरा कन्डक्टहरू कस्ता हुन्छन्,हाम्रा प्राक्टिसहरू कस्ता हुन्छन् भन्नेले निर्धारण गर्छ। गणतन्त्रमाथि चर्को हमला छ। ती हमलाबाट जोगाएर गणतन्त्रलाई जनताको मनमनमा स्थापित गर्नु छ। गणतन्त्रको रक्षा सेन र पुलिस गरेर त हुँदैन होला। त्यो दायित्व नेकपा एमालेको काँधमा पनि छ।’
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण