काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टीको ढोका बन्द भइसकेको बताएका छन्। नेपाल प्रेस सोसाइटीले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भण्डारीको सदस्यता अब एमालेमा नवीकरण नहुने बताए।
हिजो पत्रकार सम्मेलन गर्न भण्डारीले आफूलाई एमालेको पूर्व उपाध्यक्षको हैसियतमा उभ्याउँदै आफ्नो पार्टी सदस्यता विधिसम्मत ढङ्गले नवीकरण भएको भन्दै कसैले हटाएर हट्ने दाबी गरेकी थिइन्।
त्यसबारे गौतमले भने, ‘पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिमा जान्छु भन्ने उहाँले जिकिर त गर्नुभयो। उहाँले म सामान्य विद्या भण्डारी हो भन्ने कुरमा मात्रै हेक्का राख्नुभयो। उहाँले म देशको पूर्व राष्ट्रपति हुँ, मैले संविधानका यी कामहरू गरेर आएको छु भन्ने कुराको हेक्का राख्नुभएन। उहाँको हिजोको पत्रकार सम्मेलन शान्त नै देखिन्छ। कुनै आवेश उत्तेजना देखिँदैन।’
उनले भण्डारीको एउटै ध्यान पार्टी सदस्यतामा देखिएको भएपनि सदस्यताको निष्क्रिय भइसकेको जिकिर गरे। उनले थपे, ‘विधानको धारा ८ र ९ हेर्नुभए हुन्छ। सभामुख उपसभामुख राष्ट्रियसभा अध्यक्षलगायतको हकमा विधानको धारा ९ आकर्षण गर्छ। उहाँहरूले सदस्यता स्थगित गरेर जानुहुन्छ पार्टी छाड्न पर्दैन। तर राष्ट्रपति भएपछि सांसद पदबाटै राजीनामा दिनुपर्छ। उहाँ केन्द्रीय कमिटीको निर्णयले नै जानुभएको हो। केन्द्रीय कमिटीको निर्णयले नै आउन मिल्दैन भनिसक्यो। संविधानलाई जोडेर मेरो मौलिक हक हो भन्ने कुराले अर्थ राख्दैन। राजनीतिमा उमेर भएकाहरू सक्षम व्यक्तिहरू राष्ट्रपतिको ललिपप देखेर खुरुक्क जान होइन।’
७० वर्षे उमेर सीमा, दुई कार्यकालको व्यवस्था र पूर्व राष्ट्रपतिको सक्रियता निषेध गर्ने निर्णयले पार्टीभित्र छलफल गरेर लिएको भन्दै कसैलाई बोल्न नदिएको भन्ने आरोपमा कुनै सत्यता नभएको जिकिर गरे।
सम्बन्धित खबर
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न कठिन भयोः आइजीपी कार्की
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)