राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली

राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली

kpoli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आइतबार बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताएका हुन् ।

दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको उनले स्मरण गरे । सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘अस्ति मात्रै दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभने पनि प्रतिबन्ध त लागेकै थियो, नेताहरूलाई सबैलाई घरघरमा, जेलमा लगेर थुन्ने, सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने । नेताहरूलाई मुद्दा लगाउनका लागि एउटा शाही छानबिन आयोग कि के भनेर ज्ञानेन्द्र शाह भ्रष्टाचार विरोधी देखिएर शेरबहादुर देउवाका विरुद्ध मुद्दा चलायो । यो भन्दा ड्रामा अर्को के हुन्छ, यो ड्रामालाई अर्को के नाम दिने ? यस्ता ड्रामालाई अस्तिसम्म पनि लड्न परेकै हो ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ