गोसाइँकुण्डमा डुबेर दुई युवकको मृत्यु

गोसाइँकुण्डमा डुबेर दुई युवकको मृत्यु

gosaikunda dubera

रसुवाको गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा दुई युवकको मृत्यु भएको छ ।

आइतबार दिउँसो गोसाइकुण्ड गाउँपालिका-५ स्थित तालमा पौडी खेल्ने क्रममा दुई जना पुरूष बेपत्ता भएकामा आज सोमबार बिहान साढे १० बजेतिर शव फेला पारिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार मोरङका मनोज न्यौपाने र सुजन ढकालको डुबेर मृत्यु भएको हो ।

खोजी गर्न सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमाण्डमा टोली परिचालन भएको थियो ।

यससँगै ‍नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले पनि उनीहरूको खोजी गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ