काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा परिवारका १६ जना सदस्यहरु एकाएक गायब भएका छन् । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बस्दै आएको एक परिवार नै गायब भएको हो ।
उर्मिला हायुसहित उनको १६ जनाको परिवार नै केही दिनदेखि हराइरहेका छन् । लोपोन्मुक हायु परिवारको घर जंगलको बिचमा रहेको थियो । गाउँपालिकाका अनुसार उनीहरु शुक्रबार–शनिबार नै हराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
लोपोन्मुख जाती भएका कारण उक्त परिवारमा आमा, छोराबुहारी, छोरी नातिना, ज्वाइँ लगायत सबै एकै घरमा बस्दै आइरहेका थिए । उनका ६ जना छोरा, ६ जना छोरी, एक जना बुहारी, एक जना ज्वाइँ र एकजना नाती गरी १६ जनाको परिवार रहेको थियो ।जसमध्ये एक छोरी काठमाडौं र एक बुहारी विदेशमा रहेकी थिइन् । केही वर्षअघि उक्त परिवारका जेष्ठ सदस्य भीरबाट लडेर मृत्यु भएको थियो ।
उनीहरुले सरकारले दिँदै आएको भत्ता केही दिनअघि मात्र बुझेका थिए । प्रतिमहिना सरकारले उनीहरुलाई ४ हजारका दरले भत्ता दिँदै आएको थियो । हरेक तीनतीन महिनामा भत्ता पाउने हुँदा १६ जनाको परिवारले एकैपटक झण्डै दुई लाख रुपैयाँ पाएको थियो ।
बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ । १ लाख ९६ हजार भत्ता बुझेपछि उक्त परिवार गायब भयो । उनीहरुसँग मोबाइल रहेको तर सबै मोबाइल स्वीच अफ रहेको छ । जसकारण अन्तिम लोकेशन कहाँ देखाएको छ ट्रेस गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले केहीदिनअघि मात्रै एकैपटक ३ महिनाको भत्ता लिएका थिए ।
त्यस्तै, उक्त परिवार ऋणमा डुबेको समेत बाहिरिएको छ । केही स्थानीयहरूले धेरै ऋण भएकाले सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीलाई बताएका छन् । ऋण उठाउन बैंक तथा वित्तीय संस्था र अन्य व्यक्तिहरु समेत ऋण उठाउन जाने गरेको थियो । केही दिनअघि पनि केही व्यक्तिहरु ऋण उठाउन पुगेका थिए । ठूलो परिवार र आर्थिक अभावका कारण लागेको ऋण तिर्न नसक्दा हायु परिवार तनावमा रहेको थियो ।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?