गोसाइँकुण्डमा दाजुभाइ अस्ताएः चिप्लिएर दाइ डुबे, जोगाउन पसेका भाइ पनि निस्किएनन्

गोसाइँकुण्डमा दाजुभाइ अस्ताएः चिप्लिएर दाइ डुबे, जोगाउन पसेका भाइ पनि निस्किएनन्

sujan-n-sudip

रसुवाको गोसाइँकुण्डमा आइतबार डुबेर बेपत्ता भएका मोरङका दुई युवा सोमबार बिहान मृत अवस्थामा फेला परे।

मृतकहरू दाजुभाइ थिए । मोरङ बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर ३ का २९ वर्षीय सुजन ढकाल मामा फुपुका छोरा हुन् । उनीहरू दुवै जना अविवाहित थिए।

मनोज काठमाडौंमै बसेर कम्प्युटरसम्बन्धि काम गर्थे। सुजन विराटनगरस्थित एनआइसी एसिया लघुवित्तमा कार्यरत थिए। घुम्न रूचि राख्ने यी दुवैले सल्लाह गरेर यसपटक गोसाइँकुण्ड जाने निधो गरेका थिए। उनीहरूको टोलीमा १३ जना थिए।

आइतबार दिउँसो ३ देखि साढे ३ बजेको समयमा यो घटना भएको थियो। ताल छेउमा रहेका सुजन चिप्लिएर लडेर कुण्डमा डुब्न पुगेका र दाइ डुबेको देखेपछि मनोज पनि हतारहतार हामफालेर भित्रै छिरेर तान्न खोज्दा उनी पनि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सोमबार बिहान शव फेला पर्दा सुजन र मनोजको शव एकैठाउँ भेटिएको थियो। उद्दारकर्ताहरूले सार्वजनिक गरेको भिडियोमा दुई जनाले एकअर्काको हात समातेको देखिन्छ। दुई जनाको डुबेर मृत्यु भएपछि टोलीका अरू सदस्य काठमाडौं फर्केका छन्।

पौडीमा अभ्यस्त नभएका दुवै जना बाहिर निस्कन नसकेका र समयमै उद्धार हुन नसक्दा बेपत्ता बनेका थिए ।

पौडिन नजान्ने उनीहरूलाई अत्यधिक चिसो पानीले पनि कक्रक्क पारेको हुनसक्ने प्रहरीको अनुमान छ।

मनोजको परिवारमा क्यान्सरपीडित आमा, बुबा र बहिनी छन् भने सुजनको परिवारमा आमा र दाजुभाउजू छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ