रसुवाको गोसाइँकुण्डमा आइतबार डुबेर बेपत्ता भएका मोरङका दुई युवा सोमबार बिहान मृत अवस्थामा फेला परे।
मृतकहरू दाजुभाइ थिए । मोरङ बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर ३ का २९ वर्षीय सुजन ढकाल मामा फुपुका छोरा हुन् । उनीहरू दुवै जना अविवाहित थिए।
मनोज काठमाडौंमै बसेर कम्प्युटरसम्बन्धि काम गर्थे। सुजन विराटनगरस्थित एनआइसी एसिया लघुवित्तमा कार्यरत थिए। घुम्न रूचि राख्ने यी दुवैले सल्लाह गरेर यसपटक गोसाइँकुण्ड जाने निधो गरेका थिए। उनीहरूको टोलीमा १३ जना थिए।
आइतबार दिउँसो ३ देखि साढे ३ बजेको समयमा यो घटना भएको थियो। ताल छेउमा रहेका सुजन चिप्लिएर लडेर कुण्डमा डुब्न पुगेका र दाइ डुबेको देखेपछि मनोज पनि हतारहतार हामफालेर भित्रै छिरेर तान्न खोज्दा उनी पनि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सोमबार बिहान शव फेला पर्दा सुजन र मनोजको शव एकैठाउँ भेटिएको थियो। उद्दारकर्ताहरूले सार्वजनिक गरेको भिडियोमा दुई जनाले एकअर्काको हात समातेको देखिन्छ। दुई जनाको डुबेर मृत्यु भएपछि टोलीका अरू सदस्य काठमाडौं फर्केका छन्।
पौडीमा अभ्यस्त नभएका दुवै जना बाहिर निस्कन नसकेका र समयमै उद्धार हुन नसक्दा बेपत्ता बनेका थिए ।
पौडिन नजान्ने उनीहरूलाई अत्यधिक चिसो पानीले पनि कक्रक्क पारेको हुनसक्ने प्रहरीको अनुमान छ।
मनोजको परिवारमा क्यान्सरपीडित आमा, बुबा र बहिनी छन् भने सुजनको परिवारमा आमा र दाजुभाउजू छन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा