बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएका छन्।
मंगलबार हेटौंडामा संसदीय दल नेता तामाङका पक्ष र विपक्षमा मतविभाजन गरिएको थियो। जसमा मुख्यमन्त्रीसमेत रहेका संसदीय दल नेता तामाङको पक्षमा जम्मा १५ जना सांसद उभिए भने ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना सांसद उभिएका छन्।
बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्। भोलि संसदीय दल नेता छान्न चुनाव हुन्छ।’ संसदीय दल नेताको हैसियत गुमाएकोले मुख्यमन्त्री तामाङ फेरि संसदीय दल नेता निर्वाचनमा प्रतिस्पर्धा गर्छन् कि गर्दैनन् यकिन भइसकेको छैन।
अब सांसद बानियाँ संसदीय दल नेता र नयाँ मुख्यमन्त्री हुने तयारीमा छन्।
मुख्यमन्त्री लामाको मन्त्रिपरिषदमा रहेका ५ जना कांग्रेसका मन्त्रीले पदबाट राजीनामा दिइसकेका छन्। गत शुक्रबार २१ जना सांसदले दल नेता तामाङविरूद्ध हस्ताक्षर गरेका थिए।
तामाङ र बानियाँ दुवै सभापति शेरबहादुर देउवा पक्षका हुन्। बागमती प्रदेश संसदीय दलमा मतभेद भएपछि सभापति देउवाले प्रतिनिधि सभा सांसद राजन केसीलाई सहजीकरणको जिम्मेवारी दिएका थिए।
बानियाँ समर्थन गर्ने सांसदहरू
१. इन्द्रबहादुर बानियाँ
२. शिवराज अधिकारी
३. कञ्चनचन्द्र वादे
४. दिपेन्द्र श्रेष्ठ
५. पुकार महर्जन
६. बिनु रायमाझी पौडेल
७. यमुना देवी श्रेष्ठ
८. उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तमाङ
११. छिरीङ्ग दोर्जे लामा
१२. मीना पराजुली
१३. याङ्किला शेर्पा
१४. मीन कृष्ण महर्जन
१५. बिमल ठकुरी
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. सुरेश श्रेष्ठ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२. कृष्णबहादुर तामाङ
लामाको पक्षमा सांसदहरू
१. बहादुरसिंह लामा तामाङ
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६. हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८. छेत्रबहादुर बम्जन
९. गिता गुरूङ
१०. मसिना खड्का
११. तिर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण