पोखराको रत्नचोक निवासी डा. उज्ज्वल चालिसेलाई सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा क्यान्सर रोग विशेषज्ञ नियुक्त गरेको छ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। विगत केही महिनादेखि सोही अस्पतालमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका डा. चालिसेले अब पूर्ण कार्यकारी अधिकारसहित अस्पतालको नेतृत्व गर्नेछन्।
डा. चालिसे हाल काठमाडौँको टोखामा बसोबास गर्दै आएका छन्। उनीसँग क्यान्सर उपचारको क्षेत्रमा लामो र विविध अनुभव छ।
यसअघि उनले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका साथै काठमाडौँका ह्याम्स र ओम अस्पतालजस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा सेवा गरिसकेका छन्। क्यान्सरको पहिचान, विकिरण (रेडिएसन) तथा ब्राकीथेरापी, किमोथेरापी र प्यालिएटिभ केयरजस्ता विशिष्ट उपचार पद्धतिमा उनको गहिरो दक्षता रहेको छ।
डा. चालिसेले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र सन् २०१२ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स) बाट क्लिनिकल अन्कोलोजीमा एमडी गरेका हुन्। उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक वर्षको आवासीय तालिमसमेत पूरा गरेका छन्।
अहिलेसम्म डा. चालिसे अस्पतालमा आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत थिए । उनले नेतृत्व सम्हालेपछि अस्पताल सुधारका थुप्रै कामहरु अघि बढिरहेको छ ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो