पोखरा रत्नचोकका डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त

नियुक्ति

पोखरा रत्नचोकका डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त

ujjwal acharya

पोखराको रत्नचोक निवासी डा. उज्ज्वल चालिसेलाई सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा क्यान्सर रोग विशेषज्ञ  नियुक्त गरेको छ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा  उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। विगत केही महिनादेखि सोही अस्पतालमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका डा. चालिसेले अब पूर्ण कार्यकारी अधिकारसहित अस्पतालको नेतृत्व गर्नेछन्।

डा. चालिसे हाल काठमाडौँको टोखामा बसोबास गर्दै आएका छन्। उनीसँग क्यान्सर उपचारको क्षेत्रमा लामो र विविध अनुभव छ।

यसअघि उनले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका साथै काठमाडौँका ह्याम्स र ओम अस्पतालजस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा सेवा गरिसकेका छन्। क्यान्सरको पहिचान, विकिरण (रेडिएसन) तथा ब्राकीथेरापी, किमोथेरापी र प्यालिएटिभ केयरजस्ता विशिष्ट उपचार पद्धतिमा उनको गहिरो दक्षता रहेको छ।

डा. चालिसेले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र सन् २०१२ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स) बाट क्लिनिकल अन्कोलोजीमा एमडी गरेका हुन्। उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक वर्षको आवासीय तालिमसमेत पूरा गरेका छन्।

अहिलेसम्म डा. चालिसे अस्पतालमा आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत थिए । उनले नेतृत्व सम्हालेपछि अस्पताल सुधारका थुप्रै कामहरु अघि बढिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ