प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम

प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम

प्रचण्डको सचिवालयले एकै वर्षमा गरेको थियो ६ करोड खर्च

Kp-oli-prachanda

प्रधानमन्त्री पदमा केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बढी खर्च गरेको देखिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार ओलीको सचिवालयले प्रचण्डको सचिवालयले भन्दा कम खर्च गरेको हो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको सचिवालयले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रुपैयाँ खर्च गरेको थियो । ओलीको सचिवालयले आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड १४ लाख ७० हजार ८७३ रुपैयाँ खर्च गरेको छ ।

उक्त हेर्दा एक वर्षको अवधिमा ओलीको सचिवालयले भन्दा प्रचण्डको सचिवालयले २ करोड ६ लाख ६४ हजार ३५३ रुपैया बढी खर्च गरेको छ ।

प्रचण्डको कार्यकालमा पारिश्रमिकमा २ करोड ४० लाख २६ हजार ८७१ रूपैयाँ खर्च हुँदा ओलीको कार्यकालमा १ करोड ६४ लाख ६० हजार ४७९ रूपैयाँ खर्च भएको छ ।

प्रचण्डका पालामा इन्धनमा ७३ लाख ८१ हजार २७० रूपैयाँ खर्च गरिँदा ओली सचिवालयले एक वर्षमा जम्मा १४ लाख ९८ हजार १८७ रूपैयाँ खर्च गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ