एमाले देशको मुख्य कम्युनिस्ट केन्द्र थियो, विभाजन गर्नु ठूलो गल्ती थियो: झलनाथ खनाल

राजनीति

एमाले देशको मुख्य कम्युनिस्ट केन्द्र थियो, विभाजन गर्नु ठूलो गल्ती थियो: झलनाथ खनाल

'कसैले भन्दैमा राजीनामा दिन्नँ, माधव नेपालले पार्टी चलाउन सक्ने क्षमता नभएकाले पद छाड्नुपर्छ'

jhalanath-khanal 1

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजनको औचित्यता पुष्टि हुन नसकेको बताएका छन् ।

आज (शनिबार) सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले एमाले विभाजन गरेको चार वर्षसम्ममा त्यसको औचित्यता पुष्टि हुन नसकेको बताएका हुन् ।

यो चार वर्षमा पार्टी औचित्यता पुष्टि गर्ने ढङ्गले पार्टी अगाडि बढ्न नसकेको उनको भनाइ छ । कार्यदिशा, नीति, सिद्धान्तको आधारमा पार्टी अगाडि बढ्न नसकेको, दक्षिणपन्थी अवसरवादको खण्डन र आलोचना पार्टीले गर्नै नसकेको उनको भनाइ छ । पार्टी नेतृत्वले अरुलाई जिम्मेवारी पनि नदिएको र आफूले पनि काम गर्न नसकेको उनले बताए ।

‘विद्रोहको औचित्य स्थापित हुन सकिरहेको छैन । सबैभन्दा मुख्य कुरा त्यो र आम कार्यकर्ता, तपाईँ मेची जानुस्, महाकाली जानुस् । पहाड जानुस्, मधेश जानुस् औचित्य स्थापित गर्ने काम राम्रोसँगले हुन सकेन भन्ने सबैको असन्तुष्टि छ । मैले यही कुरा उठाइदिएको हो । आम कार्यकर्ताको मनोभावना छ, त्यो मनोभावना मैले उठाएको छु र त्यो उठाउने क्रममा हाम्रो आजको जो नेतृत्व हो, त्यो नेतृत्वलाई मैले खबरदारी गरेको पनि छु,’– उनले भने ।

साथै, उनले यहाँसम्म आइपुग्दा अध्यक्ष नेपालमा अध्ययन र वैचारिकताको हिसाबले परिपक्वता नदेखिएको उनको भनाइ छ । ‘यहाँसम्म आइपुग्दाखेरी मैले अध्ययनको हिसाबले पनि, वैचारिक हिसाबले पनि, व्यवहारिक हिसाबले पनि धेरै परिपक्व हुनुहुन्छ होला भन्ने मैले ठाने । त्यो कारणले गर्दा विद्रोह गर्दा तपाईँ नै अध्यक्ष बन्नुस् भने मैले । तर अहिलेसम्म आउँदाखेरी सन्तुष्ट हुन सकिएन,’– उनले भने ।

खनालले विद्रोह गरेर निर्माण गरेको पार्टीलाई बैचारिक र सैद्धान्तिक रुपमा सुदृढ गर्नुपर्ने भन्दै कसैले भन्दैमा पार्टी छाड्ने वा राजीनामा दिने कल्पना समेत गर्न नसक्ने बताएका हुन्। उनले आफ्नो अन्तर्वार्ताका आधारका पार्टी अध्यक्षले पार्टी छोड भन्नु तल्लो स्तरको चिन्तन भएको टिप्पणी गरे।

खनालले आफुले नभइ पार्टी चलाउन सक्ने क्षमता नभएकाले पार्टी छाड्नुपर्ने तर्क गरे। उनले एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि हुन नसकेकाले औचित्य पुष्टि हुनेगरि पार्टी आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ