काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूले नेकपा (एमाले) विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै पछुतो गर्ने बिन्दुमा पुगिरहेको बेला सो पार्टीका नेता कार्यकर्ताहरू धमाधम एमालेमा फर्कन थालेका छन् ।
सो क्रममा शुक्रबार नेकपा एकीकृत समाजवादीका मकवानपुरको इन्द्रसरोवर गाउँ कमिटीका अध्यक्ष लगायत सिङ्गो कमिटी र पेशागत क्षेत्रका नेताहरू एमालेमा फर्किएका हुन् ।
यसरी फर्कनेमा पेशागत महासंघ बाग्मती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिकाका पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरू जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बालगायत रहेको एमालेले जनाएको छ ।
उनीहरुलाई एमाले मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेल, पार्टीका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले खादा र अवीर लगाएर स्वागत गरेका थिए ।
पूरानो घर फर्किएकाहरूलाई स्वागत गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा एसका नेताहरू नै पार्टी बिभाजन गलत थियो भन्ने निश्कर्षमा पुगिसकेको बेला एमालेमै फर्कने निर्णय सही रहेको भन्दै अव देशभर यही अभियान चलाउन सुझाव दिए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण