काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिगो बराबरको धरौटी रकम बुझाएर रिहा हुन गरेको प्रयास विफल भएको छ । रुपन्देही जिल्ला अदालतले उनलाई थुनामै पठाउन आदेश दिएको हो ।
न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार यस्तो आदेश गरेको हो । रवि लामिछानेका तर्फबाट कानून व्यवसायी डा. नारायण घिमिरे, राजेन्द्र थापा र महेन्द्र पौडेलले बहस गरेका थिए भने नेपाल सरकारका तर्फबाट सहायक सरकारी अधिवक्ता सोमकान्त भण्डारी, प्रेमप्रसाद पौडेल, हिरालाल भोलन र दामोदर गौतमले बहस गरेका थिए ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका रविले आफ्नो भागमा लगाइएको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत राखेर थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने गरेको मागमा अदालतले उनलाई थुनामै पठाउने आदेश गरेको हो ।
जिल्ला अदालतले उक्त निवेदनमा ‘माग बमोजिम नहुने’ आदेश गरेसँगै रवि पक्षका कानुन व्यवसायी भने उच्च अदालतमा पुनरावेदन गर्ने तयारीमा छन् ।
रवि लामिछानेकै पक्षबाट अदालतमा बहस गरेका अधिवक्ता महेन्द्र पाण्डेले जिल्ला अदालतको निर्णयमाथि पुनरावेदनका लागि हप्तादिनमै उच्च अदालतमा जाने बताएका छन् ।
गत साउन १९ गते अदालतमा निवेदन दिँदै उनले आफू सहकारी ठगीमा संलग्न नभएको तर बचतकर्ताको रकम फिर्ताको सुनिश्चितताका लागि सहयोग गर्न तयार रहेको जिकिर गरेका थिए ।
यसअघि गत मंगलबार र बुधबार रवि आफैँले पेशी स्थगित गराएका थिए । यसपटक भने पेशी चढेसँगै उनको मागमा आदेश आएको हो ।
यसअघि न्यायाधीश प्रह्लादकुमार योगीले जिल्ला अदालतको शुरू मुद्दामा रविलाई एक करोड धरौटीमा छुट्न आदेश दिएका थिए ।
बुटबलको सुप्रिम सहकारीबाट विभिन्न व्यक्तिको नाममा ६४ करोड २९ लाख रुपैयाँ ऋण प्रवाह भएकामा रविको नाममा २ करोड ऋण प्रवाह भई कर्मचारी रोशनी गुरुङको नामबाट गोर्खा मिडियोमा डिपोजिट भएको थियो ।
जसलाई फर्जी कागजातका आधारमा निकालिएको ऋण भनी लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए । अभियोगपत्र अनुसार, सुप्रिम सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब साढे ६ करोड रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ ।
रवि २०७७ साल कार्तिक २ गतेदेखि २० महिना गोर्खा मिडिया प्रालिमा आवद्ध भएर प्रवन्ध निर्देशक, सञ्चालक र शेयरधनीसमेत भएकाले सुप्रिम सहकारीमा भएको हिनामिनामा उनीमाथिसमेत मुद्दा चलेको हो ।
यता उनलाई निर्दोष भएको दाबीसहित रास्वपाले हस्ताक्षर अभियानसमेत चलाएको छ ।



सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो