पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. भरतबहादुर खत्री नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको भागमा परेको प्रतिष्ठानमा प्राडा खत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा प्रधानमन्त्री ओलीले मंगलबार डा. खत्रीलाई सो पदमा नियुक्त गरेका हुन् । उपकुलपति पद ४ महिनादेखि खाली थियो । खत्री यस अघि निर्देशक भएर ४ वर्ष काम गरिसकेका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पोखरा प्रतिष्ठानका लागि १७ जना आवेदकबाट ६ जनाको नाम सर्टलिस्ट गरेको थियो ।
सामान्यतया ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा ६ जनाको सूची सार्वजनिक गरिएको थियो । त्यही सूचीबाट निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका डा. खत्रीलाई प्रधानमन्त्री ओलीले नियुक्त गरेका हुन् ।
डाक्टरहरु अर्जुन आचार्य, प्रदीप घिमिरे, माया लामा, चण्डिका पण्डित, निमित्त उपकुलपति भरतबहादुर खत्री, राकेशकुमार बर्मा, राजेश अधिकारी, नारायणसिंह गुरुङ, प्रेमराज ज्ञवाली, विधाननिधि पौडेल, ईश्वर शर्मा कँडेल, दीपकराज पौडेल, श्रीकृष्ण श्रेष्ठ, कालु शर्मा सुवेदी, विष्णुप्रसाद शर्मा, रामेशराज कोइराला, लक्ष्मीनारायण सिंह गरेर १७ जनाले आवेदन दिएका थिए । तीमध्ये ६ जनाको संक्षिप्त सूचीमा अर्जुन आचार्य, चण्डिका पण्डित, नारायणसिंह गुरुङ, विधाननिधि पौडेल, भरतबहादुर खत्री र माया लामाको नाम थियो ।
प्रतिस्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल छ भने प्रतिष्ठानले चिकित्साशाष्त्रमा स्नातक र स्नातकोत्तरको पढाइ चलाइरहेको छ ।
शुरुवातमा सोल्जर बोर्ड अस्पतालको रूपमा स्थापना भई कास्की जिल्ला अस्पताल, गण्डकी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको हो । सोहि प्रतिष्ठानको मातहतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संचालनमा रहेको छ ।
प्रतिष्ठानले चिकित्साशाष्त्रमा स्नातक र स्नातकोत्तरको पढाइ समेत संचालन गरिरहेको छ । सुरुवाती अवस्थामा ६ वटा विधामा स्नातकोत्तर कोर्स सञ्चालन सुरु गरेको प्रतिष्ठानले अहिले १० वटा विधामा पोस्ट ग्र्याजुएट कोर्सको पढाइ सञ्चालन गरिरहेको छ । यस वर्षदेखि जेनेरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन (एमडीजीपी), साइकाइट्री र अपथाल्मोलोजी विषयमा पिजी कोर्स सुरु हुँदैछ ।
अन्डरग्राजुएट कोर्समा बिएस्सी नर्सिङ तथा बीएनएसमा ३/३ ब्याचको पढाइ चलिरहेको छ । यस शैक्षिक सत्रदेखि एमबीबीएसको पढाइ सुरु भएको छ र ५० जना विद्यार्थीहरू छन् ।
गत चैतमा पोखरासहित बीपी कोइराला (धरान), पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकाल सकिएको थियो। तर, सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीच प्रतिष्ठानको नेतृत्वमा भागबन्डा मिल्न नसक्दा नियुक्ति प्रक्रिया रोकिएको थियो ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा