प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरू देशमा अराजकता फैलाउन उद्दत रहेको टिप्पणी गरेका छन्।
शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
केही पार्टीहरूले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको उल्लेख गर्दै यसतर्फ नागरिक स्वयं सचेत रहनुपर्ने तर्क गरे। उनले मुलुकको शान्ति व्यवस्था खल्बल्याउन तथा देशलाई प्रतिगमनतिर लैजान समेत प्रतिगामी तत्वहरु सक्रिय रहेको उल्लेख गरे।
विगतमा भएका राजनीतिक घटनाहरूको स्मरण गर्दै उनले केही शक्तिहरू त्यस्तै घटनाहरू दोहोर्याउने हेतुले राजतन्त्र फर्काउने अभियानमा लागिरहेको टिप्पणी गरे।
उनले नेपाली नागरिकलाई सुखि र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेकोले नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए।
उनले भने, ‘देशमा शान्ति सुव्यवस्था खल्बलियोस् भनेर भड्काउने, देशलाई प्रतिगमनतिर लान पाइयोस् भन्ने, राणाकाल र राजतन्त्र उस्ताउस्तै हुन्। ०५८ सालमा दरबार हत्याकाण्डजस्ता घटना भए। त्यसपछि पनि जनताको अधिकार खोसेर, नेताहरुलाई थुनेर, मुद्दा लगाएर निर्वाचित प्रधानमन्त्रीलाई हटाएर यस्तै यस्तै क्रियाकलाप गरेको हामीले देखेका छौं। यस्तै अँध्यारा दिनहरु फर्काउन केही तत्वहरु लागिरहेका छन्। केही तत्वहरु देशमा अराजकता फैलाउन कुदिरहेका छन्। आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन्। भवितव्यले खुलेका पार्टी नयाँ त हुने नै भए।’
कानुन र संवादको माध्यमबाट निष्कर्षमा पुगिने कुराहरुमा जोरजोलुम गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताए।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’