रवि लामिछाने रुपन्देही कारागारबाट काठमाडौँ सरुवा

रवि लामिछाने रुपन्देही कारागारबाट काठमाडौँ सरुवा

मंगलग्रह लगे पनि डराउँदिनः रवि लामिछाने

rabi

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ लगिएको छ।

लामिछानेलाई लिएर बुद्ध एयरको विमान आज दिउँसो ३:१० बजे उडान भर्ने तय भए पनि ढिलाइ भएपछि विमान ४:३४ बजे मात्रै उडेको विमानस्थलले जनाएको छ। उनको सुरक्षाका लागि विशेष तयारीसहित विमानस्थल पुर्‍याइएको थियो।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका लामिछाने २०८० साल चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। उनले गत जेठमै काठमाडौँस्थित नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।

मंगलग्रह लगे पनि डराउँदिनः रवि लामिछाने

लामिछानेले राजनीतिक प्रतिशोधले आफूलाई मंगलग्रह लगे पनि नडराउने बताएका छन्। भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झासँग यस्तो बताएका हुन्।

भेटमा सभापति लामिछानेले भैरहवामा १२६ दिन बसेको बताएको पनि प्रवक्ता झाले सुनाए।

रविको भनाइ उदृत गर्दै उनले थपे, ‘पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँग माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ। भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।’

राजनीतिक प्रतिशोधले जसरी सक्छन् जता सक्छन् लगेपनि आफू तयार रहेको बताएको उनले सुनाए।

‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछु’ रविले भेटमा भनेका झाले सुनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ