नाउपा फेरि सत्तापक्ष, संसद् सचिवालयमा निवेदन बुझायो

नाउपा फेरि सत्तापक्ष, संसद् सचिवालयमा निवेदन बुझायो

जसपा पनि सत्ताधारी दलको बैठकमा सहभागी

Ranjita Shrestha

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तापक्ष बस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ ।

गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएको थियो ।

सोही अनुसार नाउपाका सांसदहरू प्रतिपक्षमा बस्दै आएका थिए ।

त्यसको ४५ दिनपछि हिजो अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयलाई निवेदन दिएको संसद् सचिवालय स्रोतले बताएको छ ।

यो विषयमा आज बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि छलफल भएको थियो ।

सत्ताधारी दलको बैठकमा उपेन्द्रले उपमहासचिव पठाए

बुधबार सत्ता गठबन्धनको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि उपमहासचिव रेखा यादवलाई पठाए ।

केपी ओली नेतृत्वको सरकार असफल भएको भन्दै समर्थन फिर्ता लिएका उपेन्द्रले  गठबन्धनको बैठकमा पार्टीको प्रतिनिधि पठाएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ