पोखरा । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दल नेकपा (एमाले) र नेपाली काँग्रेसले संवैधानिक निकाय कब्जा गर्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
सत्तापक्षबाट सदनभित्र ठूलो जालझेल र छलकपट भइरहेको उनको भनाइ छ । उनले संवैधानिक परिषद्मा बहुमत पुर्याएर आफूखुसी निर्णय गर्न उपसभामुखलाई हटाउने खेल रचिएको दाबी गरे । ‘संवैधानिक परिषद्बाट सबै संवैधानिक निकाय कब्जा गर्न बिचरा एउटा महिला उपसभामुखलाई निकाल्न निकै ठूलो कसरत भयो अस्तिका दिन,’ उनले भने, ‘त्यो अहिलेलाई फेल गराइयो, तीनचोटि असफल बनाइयो । फेरि जमर्को गरे भने अब असफल मात्र होइन पुरै परास्त गरेर लखेट्नुपर्ने अवस्था आउँदैछ ।’
उनले माओवादीसँग वैचारिक रूपमा सचेत कार्यकर्ताको विशाल पंक्ति रहेको भन्दै गलत बाटोबाट नहिड्न सरकारलाई चेतावनी दिएका छन् । ‘टाउका धेरै त अरुका होलान् तर त्यो टाउकामा बुद्धि छैन । हिंग नभए पनि हिंग बाँधेको टालो माओवादी नै हो,’ उनले भने ।
प्रचण्डले पार्टीभित्र गुट चलाउनेलाई छुट नदिने चेतावनीसमेत दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटको राजनीति गर्नेहरुलाई स्थायी समितिको सर्कुलर अनुसार चल्न निर्देशन दिए ।
‘सबै नेता साथीहरुलाई पनि निर्देशन हो यो । गुटको पछि लाएर आफ्नै खुट्टामा बञ्चरो नहान्नुहोला,’ उनले भने, ‘गुटले केही पनि गर्दैन । स्थायी समितिको तपाईंहरुले सर्कुलर हेर्नु भयो होला । गुटको मिटिङ गर्ने, पार्टीको नीति, निर्णय, नेतृत्वका विरुद्ध सार्वजनिक रुपले गालीगलौज गर्नेलाई बर्दास्त गर्न सकिँदैन ।’
गुटबन्दी गर्नेलाई आफ्नो खुट्टामा बञ्चरो नहान्न पनि उनले सुझाएका छन् । ‘हामीसँगै लडेका, हामीसँगै हिँडेका साथीहरु फुटेर गइहालुन् भन्ने चाहना हामीलाई छैन,’ चेतवानीपूर्ण भाषामा उनले अघि भने, ‘सकेसम्म तिनीहरुले कुरा बुझून्, तिनीहरुले गुटबन्दी नगरुन् ।’ उनले सडक आन्दोलनबाटै दलाल र बिचौलियातन्त्रलाई परास्त गर्ने बताएका छन् ।
उनले दशैंतिहारलगत्तै समाजवादी क्रान्तिको तयारी स्वरुप बृहत् सडक आन्दोलन गर्ने उद्घोष गरेका हुन् । ‘अब दलाल, नोकरशाह र बिचौलियालाई सडकबाटै जनताको तागतको बलमा गलहत्याउनु पर्ने अवस्था आएको छ र त्यो जिम्मेवारी हामीले लिनुपर्नेछ,’ उनले भने, उनले अघि भने ।
उनले देशमा भएका केही घटनाहरू व्यक्ति विशेषमाथि नभई माओवादी आन्दोलनलाई नै सिध्याउने षड्यन्त्रको हिस्सा भएको दाबी गरे ।
‘हेर्दा कुलमानलाई फाले जस्तो, कुलमान फालेको होइन, माओवादीलाई फालेको हो । हेर्दा उपेन्द्र यादवलाई मुद्दा लागे जस्तो, उपेन्द्र यादवलाई होइन त्यो माओवादीलाई लगाएको हो,’ उनले भने, ‘जसको टाउकोको मूल्य तोकेर काटेर झोलामा ल्याउ भनेको, त्यही टाउको आएर हामीमाथि राज गर्ने भनेपछि उनीहरूलाई सहीसक्नु भएको छैन । त्यसैले उनीहरू हामीलाई सिध्याउनै पर्छ भनेर लागेका छन् ।’
काँग्रेस एमालेको प्रहारको केन्द्रबिन्दुमा माओवादी रहेको भन्दै प्रतिकारका लागि तयार रहन नेता कार्यकर्तालाई प्रचण्डले निर्देशन दिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु