काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । उनी सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् ।
बीबीसी हिन्दीले श्रीलंकन प्रहरीको हवाला दिंदै उनी पक्राउ परेको उल्लेख गरेको छ ।
उनीमाथि लागेको आरोप उनको राष्ट्रपति कार्यकालमै गरिएको विदेश यात्रासँग सम्बन्धित छ।
आरोपअनुसार, सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र महासभाबाट फर्कँदा उनी आफ्नी पत्नीसमेतसँग निजी कामका लागि लण्डनमा रोकिएका थिए । त्यसक्रममा उनको खर्च सरकारी कोषबाट व्यहोरेको आरोप लगाइएको छ ।
उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट अदालतमा पेश गरिनेछ। त्यसअघि उनले आपराधिक अनुसन्धान विभाग (सीआईडी) मा बयान दिइसकेका छन्।
रनिल विक्रमसिंघेले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै लण्डनमा उनले विभिन्न बैठकहरूमा सहभागी भएको बताएका छन्।
विक्रमसिंघे सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति रहेका थिए।
उनी आर्थिक संकटका कारण देशभर विरोध प्रदर्शन चर्किएको बेला राष्ट्रपति बनेका थिए। त्यतिबेला उनका पूर्ववर्ती गोटाबाया राजपक्षे देश छोडेर विदेशतिर गएका थिए।
सम्बन्धित खबर
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’