काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको गुनासो गरेकी छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्था समितिको शुक्रबारको बैठकमा संघीय निजामती विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री न्यौपानेले कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति नदेखिएको बताएकी हुन् ।
सरकारले सबै पदमा खुला विज्ञापनमार्फत कर्मचारी भर्ना गर्नसक्ने अवस्था त्यसैका कारणले पनि नरहेको उनको भनाइ थियो । ‘म पनि संघीय मामिला मन्त्रालयमा मन्त्री भएर आएर देखेँ । धेरैको सोचाइ भनेको हाजिर लगाउने, आफ्नो अरु थप वृत्तिविकासका लागि समय खर्चिने प्रवृत्ति देखेँ,’ उनले भनिन्, ‘सबै तहमा खुला प्रतिष्पर्धाबाट कर्मचारी नियुक्त गर्ने हो भने त काम गर्ने भन्दा बढी लोकसेवाको तयारी गरेर बस्ने, पढ्ने, रट्ने यतातिर ध्यान दिने स्थिति भयो । त्यो हुँदो नै रहेछ । त्यसैले धेरै पदमा खुल्ला प्रतिष्पर्धाबाट गर्नहुन्न ।’
संघीय मामिला मन्त्रालयले संघीय निजामती विधेयक ल्याउँदा नायब सुब्बा र खरिदार खुला प्रतिष्पर्धाबाट गर्ने प्रस्ताव गरेको थियो । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले नायब सुब्बा खुला प्रतिस्पर्धाबाट गर्न नहुने निर्णय गरेको थियो ।
प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकअनुसार लोकसेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ । राष्ट्रिय सभामा पुगेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धि व्यवस्था छ । खरिदार तहमा आन्तरिक बढुवामार्फत मात्र नायब सुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’