काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने भण्डारीको आरोपमा सत्यता नभएको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा आजपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भण्डारीले छोडेको सदस्यता नवीकरण नहुने बताए ।
‘अहिले पार्टीभित्र कहाँ के ? च्यासलले सदस्यतामा प्रश्न उठायो भनेको सुनिरहनुभएको छ’, उनले भने,‘कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ।’
ओलीले यस विषयमा कोही पनि भ्रममा पर्न नहुने बताए । ‘पूर्वराष्ट्रपतिको सदस्यता खोसेको होइन, भ्रम नपरोस् । उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको मात्र नवीकरण हुन्छ’, ओलीले भने, ‘कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’
अध्यक्ष ओलीले २ पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने आफूले कल्पना समेत नगरेको बताए ।
‘पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भनेर कल्पना समेत हामीले नगरेको हो’, ओलीले भण्डारीले चुनाव हारेकाहरूलाई भेला गरेर जमात खडा गर्दै हिँडेको भन्दै उनका गतिविधिप्रति असन्तुष्टि जनाए ।
‘मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोलेर पार्टीविरुद्ध भेला गरेर बसेको देखिन्छ’, ओलीले भने ‘पार्टीको एकतामा बल पुर्याउनुपर्नेमा असन्तुष्टहरूको भेला गरेर कुदिरहनुभएको छ ।’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा