२ पटक राष्ट्रपति भइसकेको व्यक्तिले यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना समेत गरेनौँ: प्रधानमन्त्री ओली

राजनीति

२ पटक राष्ट्रपति भइसकेको व्यक्तिले यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना समेत गरेनौँ: प्रधानमन्त्री ओली

'विद्या भण्डारीको सदस्यता खोसेको होइन, भ्रम नपरोस्'

kp-oli-and-bidhya

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने भण्डारीको आरोपमा सत्यता नभएको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा आजपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भण्डारीले छोडेको सदस्यता नवीकरण नहुने बताए ।

‘अहिले पार्टीभित्र कहाँ के ? च्यासलले सदस्यतामा प्रश्न उठायो भनेको सुनिरहनुभएको छ’, उनले भने,‘कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ।’

ओलीले यस विषयमा कोही पनि भ्रममा पर्न नहुने बताए । ‘पूर्वराष्ट्रपतिको सदस्यता खोसेको होइन, भ्रम नपरोस् । उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको मात्र नवीकरण हुन्छ’, ओलीले भने, ‘कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’

अध्यक्ष ओलीले २ पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने आफूले कल्पना समेत नगरेको बताए ।

‘पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भनेर कल्पना समेत हामीले नगरेको हो’, ओलीले भण्डारीले चुनाव हारेकाहरूलाई भेला गरेर जमात खडा गर्दै हिँडेको भन्दै उनका गतिविधिप्रति असन्तुष्टि जनाए ।

‘मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोलेर पार्टीविरुद्ध भेला गरेर बसेको देखिन्छ’, ओलीले भने ‘पार्टीको एकतामा बल पुर्‍याउनुपर्नेमा असन्तुष्टहरूको भेला गरेर कुदिरहनुभएको छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ