प्रचण्डलाई जनार्दनले भने– शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन

राजनीति

प्रचण्डलाई जनार्दनले भने– शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन

janardan_prachanda

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्तकथा भइसकेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गरे । शेषनागले पृथ्वी बोकेको कुरा दन्तकथा भइसकेको बताउँदै शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिए । उनले विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने अर्को पुष्टि गरिसकेको बताए ।

उनले भने, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्तकथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारण यो पृथ्वी चल्छ, केही ढल्दैन ।’

पृथ्वी कसैले छोड्दैमा नढल्ने उनको टिप्पणी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ