काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताएका छन्।
प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट पाार्दै नेपालको सहमति बिना प्रयोग गर्ने प्रयत्न अस्वीकार्य रहेको बताए।
दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति बिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेको देखिएको भन्दै नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको उनले बताए।
पोखरेलले नेपालको सहमति र सहभागिता विना गरिने कुनै पनि समझदारी अनुचित रहेको भन्दै तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्ने तर्क गरे। त्यस्तै महासचिव पोखरेलले अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको बताए।
अहिले देशमा राजस्व बढेको, खर्च गर्ने क्षमता मजबुत भएको, लगानीयोग्य वातावरण बनेको र निजी क्षेत्र उत्साहित रहेको उहाको भनाइ छ। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनितीमा आउनु उचित नरहेको पनि बताए।
पूर्व राष्ट्रपति जस्तो सम्मानित व्यक्तिलाई सामाजिक रुपमा सक्रिय हुन कुनै रोकतोक नरहेको उल्लेख गर्दै उहाले सामाजिक जीवनका क्रियाकलापमा आउनै हुन्न भन्ने पक्षमा एमाले नरहेको बताए।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’